आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आर्सनलसँग म्यानचेस्टर युनाईटेड पराजित, ८१ अंकसहित चेल्सी शीर्ष स्थानमा

  • प्रकाशित मिति : सोमवार, बैशाख २५, २०७४



  • काठमाडौं । इङ्लिश प्रिमियर लिग फुटबलमा आर्सनलले म्यानचेस्टर युनाईटेडलाई हराएको छ ।

    आइतबार राति आफ्नै मैदानमा खेलेको आर्सनलले जोजे मौरिन्होको म्यानचेस्टर युनाईटेडलाई २-० ले हराएको हो ।

    खेलमा आर्सनललाई विजयी गराउन ग्रानिट झाका र ड्यानी वेल्बेकले एक/एक गोल गरे । जितसँगै आर्सनलले तालिकाको शीर्ष चारमा उक्लिने सम्भावना जिवित राखेको छ ।

    राति भएको अर्को खेलमा लिभरपुललाई साउथह्याम्पटनले गोलरहित बराबरीमा रोकेको छ ।

    खेलमा लिभरपुलले पेनाल्टी हान्ने अवसर पाए पनि जेम्स मिल्नरको प्रहारलाई साउथह्याम्पटनका गोलकिपर फ्रेजर फोष्टरले विफल पारिदिए ।

    आइतबार रातिका खेलहरुपछि इङ्लिश प्रिमियर लिग फुटबलको अंक तालिकामा ३४ खेलबाट ८१ अंक जोडेको चेल्सी शीर्ष स्थानमा छ ।

    एक खेल बढी खेलेको टोटनह्याम हट्सपर ७७ अंकसहित दोस्रो स्थानमा रहँदा २ खेल बढी खेलेको लिभरपुल ७० अंकको साथ तेस्रो स्थानमा रहेको छ ।

    चौथो स्थानको म्यानचेस्टर सिटीको ६९ अंक छ भने ६५ अंकका साथ म्यानचेस्टर युनाईटेड पाँचौ स्थानमा छ ।

    एक खेल कम खेलेको आर्सनल भने ६३ अंकको साथ छैटौं स्थानमा रहेको छ । प्रिमियर लिग फुटबलमा आज राती चेल्सीले मिडिल्सब्रोसँग खेल्नेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij