मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

एस्प्रिनले स्तन क्यान्सरको जोखिम घटाउँछ

  • प्रकाशित मिति : शनिबार, बैशाख ३०, २०७४



  • वैशाख ३०, २०७४- सामान्य दुखाइनाशक औषधि ‘एस्प्रिन’ को न्यून मात्रा लिएपछि महिलाहरूमा हुने स्तन क्यान्सरको जोखिम कम गर्न सकिन्छ । पछिल्लो अध्ययनमा यस्तै दाबी गरिएको छ ।

    ५७ हजार महिलामा गरिएको यो अध्ययन ‘ब्रेस्ट क्यान्सर रिसर्च जर्नल’ मा प्रकाशित छ । त्यसअनुसार, सातामा तीनपटक कम मात्रामा एस्प्रिनको सेवन गर्ने महिलामा समग्रको दाँजोमा स्तन क्यान्सरको १६ प्रतिशत कम जोखिम देखियो ।

    यो अध्ययनमा स्तन क्यान्सर र एस्प्रिनबीच सम्बन्ध देखियो । तर ‘आइबोब्रुफिन’ ‘एसिटामिनोफेन’ जस्ता अन्य दुखाइनाशकको स्तन क्यान्सरसँग कुनै सम्बन्ध देखिएन । टाउको दुखाइ र अन्य पीडाका लागि दिनहुँ एस्प्रिन लिनुको कुनै फाइदा छ कि छैन भन्ने पनि अनुसन्धानबाट स्पष्ट भएन, न त मुटुसम्बन्धी रोगबाट बचाउकै संकेत देखियो ।

    यो अध्ययनमा स्तन क्यान्सर र एस्प्रिनको खतरामा ध्यान दिइएको जनाइएको छ । एस्प्रिनको नियमित कम मात्राको उपयोग नै स्तन क्यान्सरबाट बचाउ गर्न सक्षम हुने पनि देखियो ।

    एस्प्रिनको कम मात्रामा केन्द्रित रहेको यो अनुसन्धानले एस्प्रिनले ‘एस्ट्रोजेन’ हार्मोनको स्तर समेत कम गर्छ । अनुसन्धान परिणामअनुसार, एस्प्रिनको कम मात्रा स्तन क्यान्सरको जोखिम घटाउँछ, तर धेरैजसो व्यक्ति मुटु रोग र कोलोन क्यान्सरबाट जोगिन यसको नियमित सेवन गर्ने गर्छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij