प्रकाशित मिति : मङ्लबार, जेष्ठ २, २०७४
आइपीएलको १० औँ सिजनको प्लेअफ चरणको पहिलो खेलमा मुम्बई र पुणे भिड्दैछन् ।
पहिलो क्वालिफायर अन्तरगत आज राती मुम्बईमा खेल हुनेछ । विजेता टोलीले फाइनलमा आफ्नो स्थान पक्का गर्नेछ ।
दुई पटकको आइपीएल विजेता मुम्बई ह्याट्रिक गर्ने लक्ष्य साथ मैदानमा उत्रनेछ ।

यसअघि समूह चरणमा भएको खेलमा पुणेले दुवै पटक मुम्बईलाई हराएको थियो ।
तर, अंक तालिकामा भने १४ मध्ये १० खेल जित्दै मुम्बई शीर्ष स्थानमा रहन सफल भएको थियो ।
उता, अन्तिम खेलमा पञ्जाबलाई ९ विकेटले हराउँदै पुणेले दोस्रो स्थानमा रहँदै प्लेअफमा प्रवेश गरेको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij