आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सात गोलको थ्रिलरमा चेल्सी विजयी

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ २, २०७४



  • वार्टफोर्डविरुद्ध संघर्षपूर्ण जीत निकाल्दै चेल्सीले घरेलु मैदान स्टामफोर्ड ब्रिजमा प्रिमियर लिग जितेको खुसियाली मनाएको छ ।

    सात गोल भएको रोमाञ्चक खेलमा चेल्सी ४–३ गोल अन्तरले विजयी बनेको हो ।

    यस सिजन चेल्सी छाड्न लागेका जोन टेरीले खेलको २२ औँ मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । सेप्टेम्बरपछि पहिलो पटक खेलको शरुवाती टोलीमा परेका टेरीले गोल गर्दै यो सिजन चेल्सीका लागि सबै प्रतियोगितामा १ सयौँ गोल पनि पूरा गरेका छन् ।

    तर, लगत्तै उनको गल्तीको फाइदा उठाउँदै इटिने कापुयेले गोल गर्दै वाटफोर्डलाई खेलमा फर्काए ।

    सिजर एज्पिलिकुयेटाले गोल गर्दै चेल्सीलाई पुनः अग्रता दिलाए ।

    खेलको दोस्रो हाफको शुरुवातमा नै मिची बात्सुयीले गोल गर्दै चेल्सीको अग्रता फराकिलो बनाए पनि डार्यल जनमातले वाटफोर्डका लागि गोल फर्काए ।

    खेलको ७४ औँ मिनेटमा स्टेफानो ओकाकाले गोल गर्दै खेल ३–३ को बराबरीमा ल्याए पनि खेल सकिन दुई मिनेट बाँकी छँदा सिसेक फाब्रिगासले गोल गर्दै चेल्सीलाई जीत दिलाए ।
    इन्जुरी समयमा सबास्टियन प्रोडीले रातो कार्ड पाए पनि वाटफोर्ड १० खेलाडीमा सिमित बनेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij