प्रकाशित मिति : मङ्लबार, जेष्ठ ९, २०७४
सतिश सिंह , रौतहट । खुल्ला दिशा पिसाब मुक्त क्षेत्र रौतहटमा प्रहरीले खुला ठाउँमा दिशा गरेको आरोपमा आज १० जनालाई पक्राउ गरेको छ । आज बिहान ६:०० बजे प्रहरीको गस्ती टोलीले टिकुलिया ६ बाट खुल्ला ठाउँमा दिशा पिसाब गर्ने क्रममा पक्राउ गरेको हो ।
निजहरुलाई प्रहरीले अब देखी बाहिर दिशा पिसाब नगर्ने र शौचालय बनाउने सर्तमा आफन्तको जिम्मा लगाइ छोडेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij