आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रधानमन्त्री कप क्रिकेट – पुलिसद्वारा सुदूरपश्चिमाञ्चल पराजित

  • प्रकाशित मिति : बुधबार, जेष्ठ १०, २०७४



  • d'nkfgLsf] lqms]6 d}bfgsf7df8f}Fsf] d'nkfgLdf lgdf0ff{wLg /fli6«o:t/sf] lqms]6 d}bfgdf zlgaf/ b'jf] uf]8b} dlxnf . tl:a/ M k|bLk/fh jGt, /f;;

    काठमाडौँ।  नेपाल पुलिस क्लबले सुदूरपश्चिमाञ्चल विकास क्षेत्रलाई पराजित गर्दै प्रथम प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा पुलिसले सुदूरपश्चिमाञ्चललाई सात विकेटले पराजित गर्दै विजय सुरुआत गरेको हो । जिसँगै पुलिसले दुई अङ्क जोडेको छ ।

    टस जितेर पहिले फिल्डिङ रोजेको पुलिसले सुदूरपश्चिमाञ्चलले दिएको १७१ रनको लक्ष्यलाई ११५ बल बाँकी छदै पूरा गर्यो । पुलिसले २४ दशमलव तीन ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।

    पुलिसको जितमा अमित श्रेष्ठले सर्वाधिक ७५ रनको योगदान दिए । ६३ बल खेल्दै उनले तीन छक्का र आठ चौकाको मद्धतमा ७५ रनको स्कोर बनाएका हुन् । त्यसैगरी दीलिप नाथले ४० तथा दीपेन्द्रसिहं ऐरीले २७ रन जोडे ।

    सुदूरपश्चिमाञ्चललाई सस्तैमा समेट्ने क्रममा सुशील कँडेल एक्लौले पाँच विकेट लिए भने ललित भण्डारीले तीन तथा अरिफ शेखले एक विकेट लिए ।

    त्यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमाञ्चलले ४८ दशमलव चार ओभरमा अल आउट हुँदै १७० रनको योगफल बनाएको थियो । उसका लागि ज्ञानेन्द्र कुँवरले ४९, भीम सार्कीले २८, सन्तोष भट्टले २५ तथा रोशन नेपालीले २१ रन जोड्नुबाहेक अन्यले दोहोरो अङ्क जोड्न सकेनन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij