मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

कपालभातीले यसरी बनाउँछ पाचनशक्तिलाई सक्रिय

  • प्रकाशित मिति : सोमवार, जेष्ठ १५, २०७४



  • पछिल्लो समय निकै चर्चित प्राणायम विधि हो, कपालभाती । यसमा कपालको अर्थ मस्तिष्क र भातीको अर्थ चम्काउनु भन्ने हुन्छ । त्यसैले यो प्राणायम निरन्तर गर्दा मस्तिष्क र शरीरको बिकारलाई हटाएर शरीरलाई स्वस्थ्य बनाउन मद्दत गर्छ । तर, यो प्राणायम केही रोगका बिरामीले भने नगर्नु नै उत्तम हुन्छ । पेटको शल्यक्रिया गरेका, उच्च रक्तचाप भएका तथा महिलाको मासिक धर्मको समयमा कपालभाती गर्नुहुँदैन । सबैभन्दा राम्रो योग प्रशिक्षकको सल्लाहमा कपालभाती गर्दा यसबाट पाइने सम्पूर्ण लाभ प्राप्त हुन्छ
    कपालभाती गर्ने तरिका
    कपालभाती प्राणायमको अभ्यास भएकाले आफ्नो योगा म्याटमा आरामले पलेँटी कसेर बस्नुपर्छ । आफ्नो ढाड, गर्धन सीधा बनाएर बस्नुपर्छ ।

    यसरी बसेपछि सबैभन्दा महत्वपूर्ण भनेको श्वासप्रश्वास हो । त्यसैले यसलाई विशेष ध्यान दिनुपर्छ । श्वासलाई सकेसम्म सामान्य बनाउनुपर्छ ।

    श्वासलाई शरीरभित्र लिन सुरु गर्नुपर्छ । त्यसपछि श्वास पूर्णरूपले शरीरबाहिर नाकबाट फाल्नुपर्छ । श्वास फाल्दा पेटभित्र गएको हुनुपर्छ ।

    अभ्यासका क्रममा ध्यान दिनुपर्ने कुरा के हो भने श्वास फाल्ने काम सक्रिय रूपमा हुन्छ भने श्वास लिने क्रिया आफैँ स्वत हुनुपर्छ । यही तरिकाले श्वास छिटोछिटो छाड्ने प्रक्रिया गर्नुपर्छ । यो अभ्यास सुरुमा ५ मिनेट गर्न सकिन्छ । यसलाई आवश्यकताअनुसार बिस्तारै बढाउँदै लैजान सकिन्छ ।

    कपालभातीका फाइदाहरू
    कपालभाती प्राणायम गर्दा पाचन शक्तिलाई सक्रिय बनाउन सहयोग गर्छ ।

    यो प्राणायामले हाम्रो मस्तिष्कको शक्तिलाई तीक्ष्ण र सक्रिय बनाउँछ ।

    शरीरमा हुने एलर्जीलाई कपालभातीले कम गर्न सहयोग गर्छ ।

    यो प्राणायमले शरीरमा रोग प्रतिरोधात्मक शक्तिको विकास गर्छ । जस्तै: रुघाखोकी, पिनासको समस्या हुनेहरूलाई यो प्राणायम अत्यन्त लागकारी हुन्छ ।
    फोक्सो र अन्य श्वासप्रश्वास प्रणालीसँग सम्बन्धित समस्यामा यो प्राणायम अत्यन्त लाभकारी हुन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij