आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पश्चिमाञ्चलले मध्यपश्चिमाञ्चल विकास क्षेत्रलाई ९ विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश

  • प्रकाशित मिति : बिहिबार, जेष्ठ १८, २०७४



  • d'nkfgLsf] lqms]6 d}bfgsf7df8f}Fsf] d'nkfgLdf lgdf0ff{wLg /fli6«o:t/sf] lqms]6 d}bfgdf zlgaf/ b'jf] uf]8b} dlxnf . tl:a/ M k|bLk/fh jGt, /f;;

    काठमाडौँ । एक दिवसीय प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा पश्चिमाञ्चलले मध्यपश्चिमाञ्चल विकास क्षेत्रलाई ९ विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

    कीर्तिपुरस्थित क्रिकेट मैदानमा आज भएको खेलमा पश्चिमाञ्चलले लगातार दोस्रो जित हासिल गर्दै समूह ए बाट सेमिफाइनलमा प्रवेश गरेको हो ।

    यसअघि बुधबार भएको खेलमा पश्चिमाञ्चलले मध्यमाञ्चललाई ९५ रनले पराजित गरेको थियो । त्यसअघि भएको समूह चरणको पहिलो खेलमा भने पश्चिमाञ्चल सशस्त्र प्रहरी बल (एपिएफ)सँग पराजित भएको थियो ।

    मध्यपश्चिमले दिएको ६३ रनको लक्ष्यलाई पश्चिमाञ्चलले ११ दशमलव १ ओभरमा पूरा गर्यो । पश्चिमाञ्चलको जितमा अनिल गुरुङले २३, सौरभ खनालले २० तथा नुरध्वज सेनले १९ रनमा अविजित रहे ।

    यसअघि टस जितेर ब्याटिङ रोजेको मध्यपश्चिम २३ ओभरमा ६२ रनमै अलआउट भयो । उसका लागि कप्तान सुबेन्दु पाण्डे, राजवीर सिंह र अमरसिंह रौतेलाले समान १३/१३ रन जोडे ।

    मध्यपश्चिमलाई सस्तैमा समेट्ने क्रममा पश्चिमाञ्चलका विपिन खत्री र लाल अधिकारीले समान ४÷४ विकेट लिए भने कृष्ण कार्कीले २ विकेट लिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij