मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

आरु खानुका फाइदा थाहा पाउँदा अचम्मित पर्नुहुनेछ तपाईं

  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ १९, २०७४



  • आरु गर्मी मौसमको निकै फाइदाजनक फल मानिन्छ । हल्का गुलियो यसको विशेषता त हो नै यसका साथै यसमा पाइने एन्जाइम, भिटामिन र फाइबर स्वास्थ्यका लागि लाभदायक हुन्छ । यसका बोक्रामा पनि धेरै मात्रामा भिटामिन र मिनरल्स पाइन्छ ।

    यसले आँखालाई स्वस्थ राख्नुका साथै यसले आँखाको ज्योती पनि बढाउँछ । आरुमा बिटा क्यारोटिन पाइन्छ जसे शरिरमा भिटामिन ‘ए’ बन्नका लागि आवश्यकता छ । भिटामिन ‘ए’ रेटिनालाई स्वस्थ राख्नमा निकै स्वस्थ मानिन्छ ।

    तौल नियन्त्रणमा राख्छः

    यसले तौल नियन्त्रणमा पनि सहयोग गर्दछ । आरुमा ८० प्रतिशत पानी र फाइबरको मात्रा भरपूर पाइन्छ । यसमा क्यालोरीको मात्रा कम हुन्छ । आरुमा पाइने फाइबरको मात्रा पेट र कलेजोबाट टक्सिनलाई  हटाउन सहयोग गर्दछ ।

    एन्टी अक्सिडेन्टले भरपुरः

    आरुमा आवश्यक एन्टीअक्सिडेन्ट हुन्छ जसले वुढ्यौलीको प्रक्रियालाई स्लो बनाउँछ । यसमा भिटामिन सी भरपुर मात्रामा पाइन्छ जसले एन्टीअक्सिडेन्टको रुपमा काम गर्छ । यसले रोग प्रतिरोधी क्षमतालाई बलियो बनाउँछ ।

    मृगौलाको लागि लाभकारीः

    यसमा पाइने पोटासियम मृगौलाका लागि निकै फाइदाजनक छ । यो तपाईंको पिसाब थैलीका लागि क्लिंजिङ एजेन्टको रुपमा काम गर्दछ जसले हामीलाई मृगौलाको रोगबाट टाढा राख्छ ।

    हड्डी बलियो बनाउँछः

    आरुमा पाइने क्याल्सियम र फस्फरोसले हड्डीलाई बलियो बनाउनुका साथै दाँतलाई पनि बलियो बनाउँछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij