मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

जिल्ला अस्पतालमा अत्याधुनिक एक्स–रे मेसिन

  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ १९, २०७४



  • बेँसीसहरस्थित सामुदायिक जिल्ला अस्पतालमा अत्याधुनिक मेसिनबाट विरामीहरुलाई सेवा प्रदान गर्न शुरु गरिएको छ । सामुदायिक अस्पतालले आफ्नो सेवाको बारेमा शुक्रबार पत्रकार भेटघाट र मेसिनरी सामाग्री उद्घाटन कार्यक्रमको आयोजना गरि उक्त जानकारी गराएको हो ।

    उद्घाटन कार्यक्रममा वेसीशहर नगरपालिका का प्रमुख गुमानसिंह अर्याल, उप–प्रमुख लक्ष्मीदेवी अधिकारी, प्रमुख जिल्ला अधिकारी युबराज मैनाली, स्थानिय विकास अधिकारी डिल्लीराम सिग्देल, प्रहरी नायव उपरिक्षक समिरचन्द्र खरेल, जिल्ला जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाँई लगाएत अस्पतालका कर्मचारी, सञ्चारकर्मीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

    सामुदायिक जिल्ला अस्पतालमा अत्याधुनिक डिआर डिजिटल एक्स–रे मेसिन, वटी लाइट, वटी टेबल, डेन्टल एक्स–रे मेसिन, डेन्टल चियर र काडीयो मोनीटर सञ्चालनमा ल्याइएको छ । अस्पतालको सेवालाई प्रभावकारी बनाउन अत्याधुनिक मेसिन ल्याइएको हो ।

    मानव विकास तथा सामुदायिक सेवाले व्यवस्थापनको जिम्मा लिएको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा करिब ६२ लाख बराबरको लगानीमा एक्स रे मेसिन, करिव १० लाख बराबरको वटी लाइट, करिब ३ लाख बराबरको वटी टेबल, करिब ११ लाख बराबरको डेन्टल एक्स–रे मेसिन, करिब ४ लाख बराबरको डेन्टल चियर र आवश्यक मेसीनरी सामाग्री सहीत करिव १ करोड बराबरको उक्त मेसिनरी सामाग्री खरिद गरी सञ्चालनमा ल्याएको अस्पतालका प्रशासक प्रमुख युवराज देवकोटाले बताए ।

    डिआर एक्स–रे मेसिनबाट अन्य एक्स–रे मेसिनको तुलनामा छ गुना कम हानिकारक किरण उत्पन्न हुने बताइएको छ ।jaljala

    डिआर एक्स–रे मेसिन सञ्चालनमा ल्याउने सामुदायिक अस्पताल जिल्लाको पहिलो अस्पताल हो भने नेपालको चौथो अस्पताल हो ।

    उक्त मेसिन नेपाल सरकारले मानव विकास तथा सामुदायिक सेवाद्वारा सञ्चालित लमजुङ जिल्ला सामुदायिक अस्पताललाई अनुदानमा उपलब्ध गराएको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij