आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आइएसको कब्जाबाट १४ सय बर्ग किलोमिटर क्षेत्र नियन्त्रण मुक्त

  • प्रकाशित मिति : सोमवार, जेष्ठ २२, २०७४



  • इस्लामिक स्टेट्स (आइएस) लडाकूहरुले कब्जामा राखेको सिरियाको झन्डै १४ सय बर्ग किलोमिटर क्षेत्र सिरियाली सेना र अन्य सुरक्षाकर्मीको संयुक्त प्रयासमा मुक्त भएको छ ।
    गत चौविस घन्टाको अवधिमा सरकारी सुरक्षा फौजले पाल्मीरा सहर क्षेत्रमा आइएस लडाकू विरुद्धको सफलता प्राप्त भएको साना समाचार संस्थाले शनिबार जनाएको छ ।

    सिरियाली सेनाले हालै मात्रै आइएस लडाकू विरुद्ध सिरियाका विभिन्न ठाउँमा आक्रामक कारबाही गर्ने घोषणा गरेको थियो ।

    सुरक्षा कारबाही सिरियाको उत्तरी प्रदेश अलेप्पोको दक्षिणपूर्वी केही ग्रामिण क्षेत्रमा समेत भइरहेको र त्यहाँ विगत केही दिनमा सिरियाली सेनाद्वारा हजारौँ आइएस लडाकू मारिएका छन् ।

    सिरियामा सन् २०११ को मार्च महिनाबाट त्यहाँका राष्ट्रपति बसार अल असादको राजिनामाको माग गर्दै सुरु भएको जनआन्दोलन केही समय पछाडि गृह युद्धमा परिणत भएको थियो । यस गृह युद्धमा अलकायदा र इस्लामिक स्टेट्सजस्ता आतङ्ककारी समूहको बिगबिगी बढ्दै गयो ।

    सन् २०११ देखि हालसम्म जारी द्वन्द्वमा परी सिरियामा तीन लाख २० हजारभन्दा बढी व्यक्तिको मृत्यु हुनको साथै अन्य लाखौं व्यक्ति घाइते भएका छन् ।

    लाखाौं सर्वसाधारण आफ्नो घरवास छोडी स्वदेशमा र छिमेकी देशमा शरणार्थी बन्न बाध्य भएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij