मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

सर्पदंशका बिरामी बढे

  • प्रकाशित मिति : बिहिबार, जेष्ठ २५, २०७४



  • पटक पटकको वर्षा, पानी र बढ्दो गर्मीसँगै अहिले महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा सर्पदंशका बिरामी अत्यधिक बढेका छन् ।

    महोत्तरी जिल्ला अस्पताल जलेश्वरमा अहिले दैनिक १०÷१२ जनासम्म सर्पदंशका बिरामी उपचारका लागि आउने गरेको उपचारमा संलग्न चिकित्सक विनोद राउतले बताउनुभयो । गर्मी र वर्षायामअघि कहिलेकाहीँ फाटफुट रुपमा सर्पले टोकेका बिरामी उपचारका लागि आउने गरेका थिए ।

    जलेश्वर अस्पतालमा आउने सर्पदंशका बिरामीमध्ये अधिकांशलाई विषरहित सर्पले टोकेको हुन्छ भने धेरैलाई तराईमा पर्याप्त मात्रामा पाइने विषालु करैत सर्पले टोकेको आउने गरेका छन् । तर कोही गोमन र अन्य विषालु सर्पले टोकेका बिरामी पनि आउने गरेको चिकित्सक राउतले बताए ।

    सर्पदंशको बिरामीलाई उपचार गर्ने क्रममा एउटा बिरामीलाई पाँच-सातदेखि १०/१२ र कसै कसैलाई विषको मात्राका आधारमा बढीमा ३०/४० भाइल एन्टिस्नेक भेनम नामक सर्पदंश विरुद्धको औषधि दिनु परेको जिल्ला अस्पताल जलेश्वरले जनाएको छ ।

    अहिले जिल्ला अस्पताल जलेश्वरमा सर्पले टोकेको बिरामीलाई लगाउने एन्टिस्नेक भेनम पर्याप्त मात्रामा रहेको र समयमै अस्पतालमा आइपुग्ने बिरामी कोही पनि सर्पदंशका कारण मर्न नसक्ने अवस्था रहेको अस्पताल प्रमुख डा नागेश्वर यादवले बताए । तीन नगरपालिका र १२ गाउँपालिका रहेको महोत्तरी जिल्लाको विभिन्न गाउँठाउँबाट सर्पले टोकेको बिरामी आउनाका साथै जलेश्वर अस्पतालमा भारतीय बिरामीसमेत उपचारका लागि आउने गरेको उपचारमा संलग्न चिकित्सक बताउँछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij