मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

प्यूठानमा झाडापखालाले १५ जना विरामी

  • प्रकाशित मिति : शनिबार, जेष्ठ २७, २०७४



  • प्यूठान ।  प्यूठानको स्वर्गद्धारी नगरपालिका –५ उपल्लोसारीमा झाडापखाला हुँदा एकै गाउँका १५ जना बिरामी परेका छन् ।
    आज (शनिबार) पखालासंगै बान्ता आउन थालेपछि उनीहरु बिरामी परेका हुन् ।

    १५ जना बिरामीहरु मध्ये आठ जनाको प्राथमिक स्वास्थ्य केन्द्र भिंग्री र सात जनाको स्वास्थ्य चौकी सारीमा उपचार भइरहेको स्थानिय  पदम केसीले जानकारी दिए ।
    विरामी पर्नेहरुमा स्थानीय ५६ वर्षीय चन्द्र बहादुर खत्री, ९ वर्षीय सुरज खत्री, २३ वर्षीय सीता खत्री, २९ वर्षीय नुमा खत्री, १७ वर्षीय कमल केसी, २० वर्षीय किरण खत्री, १५ वर्षीय कविता के.सी र ८ वर्षीय प्राथी गुरुङ गरी ८ जनाको रहेकोे प्राथमिक स्वास्थ्य केन्द्र भिंग्रीका जनस्वास्थ्य निरिक्षक चुरामणी पोख्रेलले जानकारी दिएका छन् । हाल उनीहरुको उपचार प्राथमिक स्वास्थ्य केन्द्र भिंग्रीमा भइरहेको छ ।  अन्य ७ जनाको स्वास्थ्य चौकी सारीमा उपचार भइरहेको छ ।
    जिल्ला स्वास्थ्य कार्यालय प्यूठानबाट सिद्धिमणी सुवेदी र कौशलराज वैद्य पनि प्राथमिक स्वास्थ्य केन्द्र भिंग्रीमा पुगेको जनस्वास्थ्य अधिकृत विशाल सुवेदीले जानकारी दिएका छन् ।

    उपचारपछि सबैको अवस्था सामान्य बन्दै गएको जिल्ला स्वास्थ्य कार्यालयबाट खटिएका सिद्धिमणी सुवेदीले बताए । वर्षायामसंगै शुरु हुन थालेकाले दुषित पानी अर्थात नउमालेको प्रयोगकै कारण झाडापखाला लागेको सुवेदीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij