आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेपाल–चीन संयन्त्र बैठक अझै हुन सकेन, चीनको ‘पर्ख र हेर’ रणनीति

  • प्रकाशित मिति : शुक्रबार, असार २, २०७४



  • काठमाडौं  । नेपाल र चीनबीच पटक–पटक प्रस्तावित परराष्ट्रमन्त्री स्तरीय बैठक अझै टुंगो लाग्न सकेको छैन ।

    परराष्ट्रमन्त्री स्तरमै आपसी विश्वास बढ्न नसक्दा यो र अन्य संयन्त्रका बैठकसमेत समयमा हुन सकेका छैनन् ।

    नेपालले लगातार आग्रह गरे पनि चीनले बैठक अस्वीकार गरेकै कारण यसअघि सर्दै आएको जानकारी अर्थ र परराष्ट्रका अधिकारीले दिए । गत वर्ष भदौमा तय भएको बैठक नभएपछि नेपालले माघमा पहल गरे पनि चीनले जवाफ दिएन ।

    चीनले विभिन्न कारण देखाउँदै अहिलेसम्म सार्दै आएको दाबी परराष्ट्र अधिकारीको छ ।

    चीनको नेपाल नीति यतिखेर ‘पर्ख र हेर’ कै अवस्थामा रहेकाले पनि यो बैठक अझ ढिलो हुन सक्ने अधिकारीहरु बताउँछन् ।

    बेइजिङस्थित दूतावास स्रोतले भने अब यस्ता बैठक नियमित रुपमा अघि बढ्ने जनायो । यसको तयारी भइरहेको दाबी पनि उनीहरुको छ ।

    ‘चिनियाँ पक्षकै कारण संयन्त्रको नियमित बैठक रोकिएको हो । यसमा हाम्रो उत्साह कम पक्कै थियो होला भने चीनले पनि समकक्षीलाई पत्याएका थिएनन् होला,’ दूतावासका एक अधिकारीले भने ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij