आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

च्याम्पियन्स ट्रफिको ड्रिम टिम सार्वजनिक, विराटको कप्तान सरफराज

  • प्रकाशित मिति : मङ्लबार, असार ६, २०७४



  • पाकिस्तानलाई २५ वर्षपछि आइसिसीको आधिकारिक प्रतियोगिताको उपाधि दिलाउने सरफराज अहमदलाई च्याम्पियन्स ट्रफीको ड्रिम टिमको कप्तान छनोट गरिएको छ। आइसिसीले सोमबार सार्वजनिक गरेको टोलीमा भारतीय कप्तान विराट कोहलीलाई ब्याट्सम्यानको रुपमा मात्र स्थान दिइएको छ।

    यस टिममा भारत र पाकिस्तानबाट ३–३ खेलाडी समावेश छन्। इङ्ल्यान्डबाट पनि ३ खेलाडीलाई समावेश गरिएको छ। अस्ट्रेलिया,श्रीलंका र दक्षिण अफ्रिकाबाट पहिलो पल्ट कुनै खेलाडीले ड्रिम टिममा स्थान बनाउन सकेनन्।

    बंगलादेशबाट तमिम इक्बालले पनि प्लेइङ–११ मा स्थान बनाउन सफल भएका छन्। न्युजिल्यान्डका केन विलियम्सन १२ औं खेलाडीको रुपमा टिममा समावेश छन्। ड्रिम टिमको छनोट इङ्ल्यान्डका पूर्व कप्तान माइकल आर्थटन, भारतका पूर्व कप्तान सौरव गागुली, पाकिस्तानका पूर्व कप्तान रमिज राजा, क्रिकेट पत्रिका विज्डनका सम्पादक लोरेन्स बुथ र समाचार एजेन्सी एएफपीका क्रिकेट पत्रकार जुलियन गुएरको समितिले गरेको हो।

    च्याम्पियन्स ट्रफीको ड्रिम टिमः

    सरफराज अहमद (कप्तान–विकेटकिपर,ब्याट्सम्यान), शिखर धवन (भारत), फखर जमान –पाकिस्तान), तमिम इक्बाल (बंगलादेश), विराट कोहली (भारत), जोए रुट (इङ्ल्यान्ड), बेन स्टोक्स (इङ्ल्यान्ड), आदिल राशिद (इङ्ल्यान्ड), जुनेद खान (पाकिस्तान), भुवनेश्वर कुमार (भारत), हसन अली (पाकिस्तान), केन विलियम्सन (१२ औं खेलाडी–न्युजिल्यान्ड)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij