आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दिपीका पादुकोण परिन् हलिउड अवार्डको मनोनयनमा

  • प्रकाशित मिति : बुधबार, असार ७, २०७४



  • मोडलिङबाट बलिउड हुँदै हलिउड पुगेकी अभिनेत्री दिपीका पादुकोणले हलिउडको एक अवार्डमा मनोनयनमा पर्न सफल भएकी छन्। अभिनेता भिन डिजेलसँग’एक्सएक्सएक्सः द रिटर्न अफ द ज्याण्डर केज’ बाट हलिउडमा डेब्यू गरेकी दिपीका’टीन च्वाइस अवार्ड इन च्वाइस मुभी एक्ट्रेस’ विधामा ‘नोमिनेसन’ मा परेकी हुन्।

    उनीसँगै सोही फिल्मका नीना डोभरेव र रूबी रोज पनि मनोनयनमा परेका छन्। त्यस्तै ‘वन्डर वुमन’ बाट गल ग्याडोट, ‘फेट अफ द फ्यूरियस’ बाट मिसेल रोड्रिग्यूज र’पाइरेट्स अ दि क्यारेबियनः डेड म्यान टेल नो टेल्स’ बाट काया स्कोडेलारियो पनि उक्त मनोनयनमा परेका छन्।

    उक्त अवार्डको ‘च्वाइस एक्सन मुभी एक्टर’ को मनोनयनमा ‘एक्सएक्सएक्सः द रिटर्न अफ द ज्याण्डर केज’ बाटै भिन डिजेल परेका छन्।

    दिपीकाले ‘एक्सएक्सएक्स’ सिरीजको चौथो संस्करणमा पनि अभिनय गर्ने भएकी छन्। हाल उनी बलिउडमा सन्जय लीला भन्सालीको ‘पद्मावती’ को सुटिङमा व्यस्त छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij