मङ्लबार, भदौ २, २०८३ | Tuesday 18th August 2026

गर्भवतीलाई भारत सरकारको सुझावः मासु, अन्डा र काम-वासनाबाट टाढा रहनुहोस्

  • प्रकाशित मिति : बुधबार, असार ७, २०७४



  • भारत सरकारले गर्भवती महिलाहरुलाई माछा, मासु, अन्डा र कामोत्तेजक विचारबाट मुक्त रहन सुझाव दिएको छ। गर्भवतीहरुका लागि सरकारले एक हातेपुस्तक निकाल्दै उक्त सुझाव दिएको हो।

    भारतीय चिकित्सकहरुले भने ‘हिन्दु धार्मिक आस्थाका आधारमा सरकारले जारी गरेको यस्तो रुढीवादी सुझावले भारतीय आमाहरुको जीवन जोखिममा पर्ने सक्ने’ भन्दै चिन्ता व्यक्त गरेका छन्।

    पश्चिमी मिडियाले पनि भारतीय सरकारको निर्णय हास्यास्पद भन्दै खिल्ली उडाएका छन्।

    प्रशस्त प्रोटिन पाइने मासु र अन्डा गर्भवती महिला तथा बच्चाका लागि लाभदायक हुने विभिन्न वैज्ञानिक अनुसन्धानले देखाएको छ। आधुनिक चिकित्सा विज्ञानले त गर्भवती महिलालाई सुरक्षित यौनसम्पर्क गर्न पनि अनुमति दिएको छ।

    भारत विश्वकै उच्च मातृ मृत्युदर भएको देश हो। भारतीय महिलामा कुपोषण, एनिमिया (रगतको कमी) र आइरनको कमी भएको अनुसन्धानले देखाएको छ। यही कारणले सरकारको निर्णयप्रति भारतीय चिकित्सकहरुले आपत्ति जनाएका हुन्।

    सन् २०१५ को तथ्यांकअनुसार प्रत्येक एक लाख भारतीय आमामध्ये बच्चा जन्माउने क्रममा १ सय ७४ जनाको मृत्यु हुने गरेको छ। सन् २०१० मा त्यो मातृत्व अझै उच्च थियो। चीनमा उक्त संख्या २७ र अमेरिकामा १४ छ।

    भारत सरकारले हालै जारी गरेको ‘मदर एन्ड चाइल्ड केयर’ नामक हाते पुस्तकमा गर्भवती महिलालाई मासु, अन्डा र कामोत्तेजक विचारबाट टाढा रहन भनेको हो। ‘पोषणयुक्त, उच्च प्रोटिन भएको खानेकुरा आवश्यक पर्छ भन्नुको साटो भारतीय सरकारले अवैज्ञानिक र मूर्ख सुझाव दिँदैछ,’ स्त्रीरोग विशेषज्ञ अरुण गद्रेले भनेका छन्।

    भारत सरकारले गर्भवती महिलालाई ‘अशुद्ध विचार’ मनमा नखेलाउन र सुन्दर बच्चाको तस्बिर हेर्न समेत भनेको छ। त्यसले गर्भमा रहेको बच्चामा सकारात्मक प्रभाव पर्ने सरकारको धारणा छ।

    ‘गर्भवती महिलाले इच्छा, मोह, क्रोध, घृणा र काम-वासनाबाट टाढा रहनुपर्छ,’ हाते पुस्तकमा लेखिएको छ।

    भारतीय मन्त्री श्रीपद नायकले भने उक्त हाते पुस्तकलाई ‘शताब्दियौं देखि जम्मा भएको ज्ञानको संगालो’ भन्दै प्रतिरक्षा गरेका छन्।

    नायकका अनुसार उक्त हाते पुस्तकले गर्भवती महिलाले यौनसम्पर्क राख्न हुन्न भनेको छैन, बरु उनीहरुले मनमा कामोत्तेजक विचार आउन दिनुहुन्न भनेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोड भन्दा बढीको चोरीपैठारी निकासी लगायतका अवैध सामान पक्राउ
    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij