प्रकाशित मिति : मङ्लबार, असार १३, २०७४

पहिरोका कारण यातायात सेवा बन्द भएको छ । पहिरो पन्छाएर बाटो खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।
यस सडक खण्डमा वर्षा सँगै पहिरो खस्ने क्रम बढेको छ ।
असार लागेपछि तीन ठूला पहिरो झरिसके
असार ३ गते राति : मुग्लिनबाट २ दशमलव ५ किलोमिटर नारायणगढतर्फ भित्तो काटिएको ठाउँमा पहिरो ।
असार ८ गते राति : राति ११ः३० बजे सडकमाथिबाट पहाडको ढिस्को नै खस्दा इलाका प्रहरी कार्यालय मुग्लिनको बा १ झ १३९० नम्बरको स्कारपियो गाडी त्रिशूलीमा झर्यो ।
असार १० गते राति : इच्छाकामना गाउँपालिका वडा नं ६ स्थित सडकको चार किलो, दुई किलो, खहरे र कालीखोलामा पहिरो खसेर सडक अवरुद्ध ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij