मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

रोग पत्ता लगाउनै ८ लाख !

  • प्रकाशित मिति : मङ्लबार, असार १३, २०७४



  • परिवारले मर्न लागे भनेर दशदान वैतरणी गरिसकेका थिए । बाँच्ने आश भने उनमा अझै जीवितै थियो । भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रको डायलोसिस गर्ने बेडमा सुतिरहेकी ओखलढुंगाकी ५२ वर्षीया पोकलकुमारी दाहालको अझै पनि बाँच्ने रहर छ । यो खबर आजको राजधानीमा विनिता ओझाले लेखेकी छन्।

    नाति नातिना खेलाउने पनि रहर छ । अस्पतालले सम्पूर्ण उपचार खर्च बेहोरे पनि काठमाडौंमा दाल भात तरकारी खाएर बस्न र दुईछाक टार्नकै लागि र आफूसँग हातमा सिप नभएका कारण अस्प्तालभित्रकै क्यान्टिनमा श्रीमान् ग्याँस पानी बोक्ने काम गर्न थालेका छन् ।

    दाहाल परिवार कृषिलाई व्यवसाय मानेर जीवन चलाइरहेका थिए । हात मुख जोड्न कुनै समस्या थिएन । चार वर्ष अगाडि दाहालको शरीरमा अनौठो लक्षण देखा प¥यो । खाना नरुच्ने, वाकवाकी लाग्ने । अचानक यस्तो लक्षण देखा परेपछि उपचार गर्न ओखलढुंगाको मिसन अस्पताल लगियो । ‘त्यहाँ रोग नै पत्ता लागेन त्यसपछि उहाँ (श्रीमान्)ले धरान लैजानुभयो,’ मलिन स्वरमा उनले भनिन्, ‘धरानको औषधि ६ महिनासम्म खाँदा पनि व्यथा बिसको उन्नाइस भएन ।’

    अस्पतालको औषधिले नछोएपछि दमकका स्थानीयकै सल्लाहमा २० हजारसम्मको जडिबुटी खाएर व्यथासँग लड्ने प्रयास गरिन् दाहालाई त्यसले पनि निको भएन ।

    कहीं कतै उपचार गराउँदा पनि सञ्चो नभएपछि श्रीमान्ले उपचारका लागि काठमाडौं ल्याइपु¥याए उनलाई । त्रिवि शिक्षण अस्पतालका चिकित्सकले दुवै मिर्गौलाले काम गर्न छाडेको बताए । अब उपचारका लागि कहाँ पु¥याउने पैसा पनि साथमा धेरै थिएन ।

    श्रीमान्ले उनलाई भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रमा पु¥याए । अस्पतालकै तथ्यांक हेर्ने हो भने पनि यहाँ दिनमा करिब ३ सय बिरामी आउने गर्छन् । अस्पतालमा एक सातामा तीनदेखि आठजनासम्मको मिगौला प्रत्यारोपण गरिन्छ ।

    स्थापना कालदेखि २०७४ जेठ सम्मको तथ्यांक हेर्ने हो भने ३ सय ८ जनाको मिर्गौला प्रत्यारोपण गरिएको छ । मिर्गौला प्रत्यारोपणको लाइनमा रहेका मानिसहरू १००औं छन् । अमेरिकामा पीआर पाएर बसेका र उतै डायलोसिस गरेका मिर्गौलापीडित दीपक शर्मा अस्पतालको उपचार पद्धतिप्रति प्रभावित भएर नेपाल आएको बताउँछन् सोही लाइनमा छिन् दाहाल पनि । कलेजो र मिर्गौला प्रत्यारोपण विशेषज्ञ तथा कार्यकारी निर्देशक डां पुस्करचन्द्र श्रेष्ठका अनुसार एउटा मिर्गौला प्रत्यारोपणका लागि ४ लाख ५० हजार रुपैयाँ लाग्छ । प्रत्यारोपणपश्चात् १ लाख औषधि खर्च लाग्छ । अस्पतालमा दिनमा १०० देखि १ सय २० जनासम्मको डायलोसिस हुँदै आएको । सरकारले डायलोसिस सित्तैमा गर्ने व्यवस्था गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij