बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

अवरुद्ध बेनी–जोमसोम सडक एकतर्फीरुपमा सञ्चालन

  • प्रकाशित मिति : आइतवार, असार २५, २०७४



  • बेनी । कालीगण्डकी नदीमा आएको बहावले कटान गरेपछि बिहीबारदेखि अवरुद्ध बनेको बेनी–जोमसोम सडक शनिबार साँझदेखि खुलेको छ ।

    हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकको अवरुद्ध भिरकाटे खण्डमा मर्मतपछि एकतर्फी रुपमा सञ्चालनमा आएको हो ।

    वर्षाका कारण कालीगण्डकी नदीमा आएको बहावले अन्नपूर्ण गाउँपालिका–६, भिरकाटेमा बेनी–जोमसोम सडकखण्डअन्तर्गतको अन्दाजी ३० मिटर सडक कटान गरेको थियो भने झन्डै १०० मिटर सडक प्रभावित बनाएको थियो । अवरुद्ध सडक खुलाउनका लागि जिल्लास्थित सुरक्षा निकाय र अन्नपूर्ण गाउँपालिकाले पहल गरेका थिए ।
    उनीहरुको पहलमा सडक विभागको डोजर, दानामा निर्माणाधीन सवस्टेसनका दुईवटा र घलेम्दीखोला जलविद्युत् आयोजनाको एकवटा ट्रिपर परिचालन गरी सडकको अस्थायी मर्मतपछि एकतर्फी रुपमा खुलाइएको छ । अवरुद्ध सडक खुलाउन स्थानीय जनप्रतिनिधि, स्थानीयवासी, प्रहरी, यातायात व्यवसायीलगायतले प्रयास गरेका थिए ।

    डोजरको सहायतामा नदी र सडकको छेउछाउमा ठूलाठूला ढुङ्गा राखेर बाँध बानिएको अन्नपूर्ण गाउँपालिकाका प्रमुख क्याप्टेन डमबहादुर पुनले बताए ।

    सडक सञ्चालनमा आएपछि भिरकाटेमा रोकिएका सानाठूला सबै सवारीसाधन पास गराइएको छ भने सिधा सडकको सम्बन्धविच्छेद भएको हिमाली जिल्ला मुस्ताङसँग पुनः सम्बन्ध जोडिएको छ ।

    सङ्गमचोकदेखि कालीगण्डकी जाने पक्की बाटो निर्माण

    यसैगरी बेनी नगरपालिका–७ को सङ्गमचोकदेखि कालीगण्डकी नदीतर्फ जाने पक्की बाटो निर्माण भएको छ ।

    बेनी नगरपालिकाको आर्थिक सहयोगमा स्थानीय बासिन्दाको सक्रियतामा १४२।५ फिट पिसिसी ढलान गरेर बाटो निर्माण गरिएको हो । नगरपालिकाको रु ९८ हजार अनुदान र उपभोक्ताको रु २० हजार २५२ बराबरको सहभागितामा बाटो निर्माण भएको उपभोक्ता समितिले जनाएको छ ।

    सवा छदेखि आठ फिट चौडाइ भएको बाटो निर्माण भएपछि सङ्गमचोकदेखि जेसिज भवन हुँदै कालीगण्डकीमा स्नानका लागि जाने भक्तजन र सर्वसाधारणलाई आवतजावत गर्न सहज भएको उपभोक्ता समितिका अध्यक्ष सुरज श्रेष्ठले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij