बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

किसानलाई निःशुल्क अलैँचीका बिरुवा

  • प्रकाशित मिति : मङ्लबार, असार २७, २०७४



  • जिल्ला कृषि विकास कार्यालयले किसानलाई निःशुल्क अलैँचीका बिरुवा वितरण गरेको छ ।

    रामसाइ, गोल्साइ, सलकपुरेलगायत जातको बिरुवा वितरण सुरू गरेको कार्यालयका सूचना अधिकारी प्रकाशमणि काफ्लेले बताए। व्यावसायिक रूपमा अलैँचीखेती गर्दैआएका किसान छनोट गरी बिरुवा वितरण गर्न थालिएको हो । सूर्योदय नगरपालिकास्थित अलैँची विकास केन्द्रबाट बिरुवा खरिद गरी किसानलाई शतप्रतिशत अनुदानमा बिरुवा वितरण गरिएको छ ।

    जिल्लाका किसानले यसपटक चारलाख बिरुवाको माग गरेका छन् । तर कार्यालयले एक लाख २० हजार मात्र बिरुवा वितरण गर्ने जनाएको छ । कार्यालयले प्रतिकिसान दुईसय बिरुवाका दरले वितरण गर्न थालेको छ ।

    जिल्लामा गत वर्ष एक हजार ६०० हेक्टरमा अलैँचीखेती गरिएको थियो । तथ्याङ्कअनुसार जिल्लामा गत वर्ष ५७६ मेट्रिक टन अलैँची उत्पादन भएको थियो । नेपालको पूर्वी–पहाडी ताप्लेजुङ, सङ्खुवासभा, इलाम, पाँचथर, खोटाङ, धनकुटा, तेह्रथुम, सोलुखुम्वुलगायत जिल्लामा १४ हजार ८०० हेक्टरमा अलैँचीखेती गरिँदै आएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij