आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ग्लोबल नेपाली फिल्म अवार्डमा संसारभरका कलाकारहरुको जमघट हुने

  • प्रकाशित मिति : शुक्रबार, असार ३०, २०७४



  • खुम्बु कोल्स्च ग्लोबल नेपाली फिल्म अवार्डको दोस्रो संस्करण यहि भदौ ३ मा अमेरिकाको कोलोराडोमा आयोजना हुने भएको छ ।

    यहि आउदो भदौमा अमेरिकाको कोलोराडोमा हुन लागेको उक्त ग्लोबल नेपाली फिल्म अवार्डको तयारी अन्तिम चरणमा पुगेको छ ।

    सन् २०१६ मा पहिलो पटक अमेरिकामा आयोजना भएको अवार्डको ख्याति संगै संसारभरका नेपालीहरुले उक्त ग्लोबल नेपाली फिल्म अवार्डलाइ चासोको साथ हेरिएको छ ।

    खुम्बु कोल्स्च ग्लोबल नेपाली फिल्म अवार्डको दोस्रो संस्करणमा संसारभर छरिएर बसेका नेपाली कलाकारहरुको जमघट हुने र मुख्यतया क्यानडा, अस्ट्रेलिया, बेल्जियम, जर्मन, लन्डन, जापान, फ्रान्स, इटलीलगायतबाट कलाकार आउने छन् ।

    नेपाल तथा अमेरिकाको ७० औं फ्रेन्डशिप साठ गाठ बर्ष मनाउने अवसरमा हुन गईरहेको  नेपाली फिल्म अवार्डको दोस्रो संस्करणले दुई देश बिचको सम्बन्धलाई अझ प्रगाड बनाउन सहयोग पुग्ने आयोजकको दावी छ ।

    ‘नेपाली चलचित्र गाउं देखि विश्व सम्म’ भन्ने नाराका साथ नेपाली चलचित्रलाई अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसार र प्रर्दशन प्रवद्र्धन गरि नेपाली कला सस्कृतिलाई बिश्वसामु चिनाउने उद्धेश्य रहेको नायक नबराज श्रेष्ठले बताए ।

    तेस्रो संस्करण भने अस्ट्रेलिया अथवा दुबईमा हुन सक्ने कुरा बताइएको छ ।

    नेपाल फिल्म सोसाइटी र ग्लोबल नेपाली फिल्मी अवार्ड कमिटीको संयुक्त आयोजनामा हुने यस पटकको अवार्ड पृथक हुने अवार्डको संयोजकमा संचारकर्मी शैलेश पोखरेल रहेका छन् ।

    आयोजक समितिको अध्यक्षमा नायक नवराज श्रेष्ठ छन् भने मुख्य प्रायोजकमा शेर्पा ब्रुअरी तथा सह प्रायोजकमा सिटौला ब्रदर्स रहेका रहेको छ ।

    उक्त अवार्ड कार्यक्रममा नेपालबाट नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्ल र निर्माता नायक मधुकुमार श्रेष्ठ आयोजक कमिटिमा रहेका छन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij