आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

‘उत्कृष्ट’ हुँदै क-कसले हात पारे यस वर्षको ‘आइफा अवार्ड’? (हेर्नुहोस् सूची)

  • प्रकाशित मिति : सोमवार, साउन २, २०७४



  • न्यूयोर्कमा गत शनिबार १८ औं अन्तर्राष्ट्रिय इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा) सम्पन्न भयो। अवार्ड कार्यक्रममा सहभागी हुन सलमान खान, कटरिना कैफ, बरुण धवन, सोनाक्षी सिन्हा, आलिया भट्ट, पत्नी मीरासहित शाहिद कपुरलगायत अन्य बलिउड कलाकार पुगेका थिए।

    यस वर्षका आइफा अवार्ड करन जोहर र सैफ अली खानले होस्ट गरेका थिए। बरुण धवनले पनि केही भागमा साथ दिए।
    अवार्डमा सबैभन्दा उत्कृष्ट फिल्म सोनम कपुरको ‘निर्जा’ ले बन्न सफल भयो। फिल्म ‘उड्ता पन्जाब’ बाट शाहिद कपुरले उत्कृष्ट अभिनेता र आलिया भट्टले उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारे।
    आइफा अवार्ड सन् २०१७ का विजेताको सूची यस्तो छः

    उत्कृष्ट फिल्मः निर्जा

    उत्कृष्ट निर्देशकः अनिरुद्ध रोय, पिंक

    उत्कृष्ट अभिनेत्रीः आलिया भट्ट, उड्ता पन्जाब

    उत्कृष्ट अभिनेताः शाहिद कपुर, उड्ता पन्जाब

    उत्कृष्ट सर्पोटिङ अभिनेत्रीः सबाना आज्मी, निर्जा

    उत्कृष्ट सर्पोटिङ अभिनेताः अनुपम खेर, एमएस धोनीः द अनटोल्ड स्टोरी

    उत्कृष्ट डेबुट्यान्ट अभिनेत्रीः दीशा पटानी, एमएस धोनीः द अनटोल्ड स्टोरी

    उत्कृष्ट डेबुट्यान्ट अभिनेताः दलजीत दोसाँझ, उड्ता पन्जाब

    उत्कृष्ट रचनाकारः अमिताभ भट्टाचार्य, चन्ना मेरेया, ए दिल है मुस्किल

    उत्कृष्ट प्लेब्याक गायकः अमित मिश्र, ए दिल है मुस्किल

    उत्कृष्ट प्लेब्याक गायिकाः कनिका कपुर, उड्ता पन्जाब र तुलसी कुमार, एयरलिफ्ट

    उत्कृष्ट संगीत निर्देशनः प्रितम, ए दिल है मुस्किल

    उत्कृष्ट हाँस्य अभिनेताः बरुण धवन, ढिसुम

    मन्त्र स्टाइल आइकन अवार्डः आलिया भट्ट

    आइफा वुमन अफ द इयरः तापसी पन्नु

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij