मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

उपाधि जितको नशामा फेडरर डुबे विहान ५ बजेसम्म मदिरामा

  • प्रकाशित मिति : बिहिबार, साउन ५, २०७४



  • ग्रान्ड स्लामको प्रतिष्ठित विम्बल्डन उपाधि आठ पल्ट जितेका स्विट्जरल्यान्डका टेनिस स्टार रोजर फेडररले जितको नशाका कारण बिहान ५ बजेसम्म मदिरामा डुबेको खुलासा गरेका छन्।

    उनले विम्बल्डनमा इतिहास रच्ने क्रममा आफू बेलगाम भएको र विहानसम्म मदिरामा डुब्दा ‘ह्याङओभर’ भएको बताएका छन्। ३५ वर्षीय फेडररले गत आइतबार सातौं वरियताका माउरिन चिलिजलाई फाइनलमा ६–३, ६–१ र ६–४ को सिधा सेटमा पराजित गरेका थिए।

    उनले यसअघि अमेरिकाका पिट सम्प्रासले जितेको सतौं विम्बल्डन उपाधिको कीर्तिमानलाई भंग गरेका थिए।

    फेडररको यो १९ औं ग्रान्ड स्लाम उपाधि थियो। उनले स्पेनका राफेल नाडालभन्दा ४ वटा ग्रान्ड स्लाम बढि जितेका छन्। यो वर्ष मात्र फेडररको तेस्रो मध्ये दोस्रो ग्रान्ड स्लाम उपाधि थियो। उनले अस्ट्रेलियन ओपन पनि जितेका थिए।

    विम्बल्डन उपाधि जितेपछि उनी महिलातर्फकी विजेता गार्बाइन मुरुगुजासँग परम्परागत डिनरमा समावेश भएका थिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij