मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

दार्जिलिङमा नेपालबाट नुन–तेल

  • प्रकाशित मिति : आइतवार, साउन ८, २०७४



  • बजार ठप्प छ । तैपनि बिहानदेखि बेलुकैसम्म भारतीय ग्राहकको भीड घट्दैन । खाद्य पसलेलाई नुन–तेलदेखि दाल–चामलसम्म बेच्न भ्याई–नभ्याई छ ।

    पिठ्युँमा, घोडामा र निजी सवारी साधनमा चामल, चिउरा, चाउचाउ र तेलका पोका देखिन्छन् । मूल सडकभन्दा वरपरका कच्ची सडकमा यो भीड अझ बढी देखिन्छ ।

    महिना दिनयता पूर्वी भारतीय सीमावर्ती बजार पशुपतिनगर र आसपास क्षेत्रमा यही दृष्य दिनहुँ दोहोरिइरहेको छ । बजारमा साताको सोमबार ग्राहकको भीड अरु दिनभन्दा बढी हुन्छ । बाँकी दिन पनि ग्राहकको आउ–जाउ खासै घट्दैन । तर, यहाँ आउने ग्राहक सधैँ झैं लुगाकपडा, भाँडाकुँडा, जुत्ता चप्पल र खेलौना किन्दैनन् । सबै ग्राहकको मेनु एउटै छ–नुन, तेल, दाल, चामल, चिनी, चिउरा, चाउचाउ, मसला, प्याज, तरकारी, पिठो… ।

    भारतको पश्चिम बंगालमा चलिरहेको आन्दोलनको सोझो असरले पशुपतिनगर बजार पनि ३५ दिनदेखि ठप्प छ । अन्य सबैजसो पसल बन्द छन् । यात्रु आउजाउ शून्य भएकाले सवारी साधनसमेत छिटफुट मात्रै चल्छन् । तर खाद्यान्न पसलमा भने जतिबेलै भरिभराउ ग्राहक ।

    आमहड्तालका कारण गाडी नचल्ने भएकाले भारतीय ग्राहक घण्टौ धाएर पशुपतिनगरबाट खाद्यान्न ओसारिरहेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij