आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अब अनलाइनबाटै टेलिकमको डाटा प्याक किन्न सकिने

  • प्रकाशित मिति : सोमवार, साउन ९, २०७४



  • नेपाल टेलिकमले उपलब्ध गराएका विभिन्न डाटा प्याक अब अनलाइनको माध्यमबाट किन्न सकिने भएको छ। नेपाल टेलिकमको वेबसाइटबाटै चाहेको डाटा प्याक खरिद गर्न सकिने टेलिकमले जनाएको छ।

    यसका लागि अफर डट एनटीसी डट एनइटी डट एनपी (offer.ntc.net.np) मा लगअन गर्नुपर्छ। त्यसपछि आफूले प्रयोग गर्ने जीएसएम वा सिडिएमए मोबाइलका विभिन्न डाटा प्याकेजहरु छनोट गर्न सकिन्छ। विभिन्न डाटा प्याकेजको मूल्य र समयावधि समेत त्यहीँ देख्न पाइन्छ। त्यसपछि ग्राहकले आफ्नो मोबाइल नम्बर र अंग्रेजी अक्षर पीयूके (PUK) नम्बर राख्नु पर्छ। पीयूके नम्बर थाहा पाउनका लागि १४१५ मा एसएमएस गर्न सकिन्छ।

    सबै विवरण भरेर ‘बाइ डाटा प्याक’ बटन थिचेपछि ग्राहकको मोबाइलमा आवश्यक डाटा प्याकेज उपलब्ध हुन्छ । यसका लागि मोबाइलमा आवश्यक ब्यालेन्स हुनु आवश्यक छ।

    नेपाल टेलिकमको डाटा प्याकेज आफ्नो मोबाइलमा ८ज्ञद्धज्ञछ३ डायल गरेर पनि लिन सकिन्छ। त्यसैगरी १४१५ मा एसएमएस पठाएर पनि डाटा प्याकेज लिन सकिन्छ। तर ग्राहकको सुविधाका लागि अहिले अनलाइन माध्यमबाट समेत डाटा प्याकेज लिन सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

    नेपाल टेलिकमले हाल जीएसएममा रेगुलर, नाइट र फेसबुक डाटा प्याकेजको रुपमा विभिन्न अफर उपलब्ध गराएको छ । त्यसैगरी सीडीएमए सेवामा रेगुलर र नाइट डाटा प्याकेज उपलब्ध छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij