आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

वास्तविक जीवनमा पनि चुरोट पिउँछन् यी बलिउड अभिनेत्री

  • प्रकाशित मिति : मङ्लबार, साउन १०, २०७४



  • फिल्मको सुरूमै ‘धुम्रपान’ स्वास्थ्यको लागि हानिकारक छ’ भनेर लेखिएको हुन्छ। यतिमात्र है बलिउड कलाकारहरु खुलेरै धुम्रपानको विरोध गर्ने पनि गर्छन्। यस्तो भएपनि बलिउडमा धुम्रपान गर्ने अभिनेता-अभिनेत्रीहरुको कुनै कमी छैन्। शाहरूख खान, संजय दत्त, अजय देवगन, रणवीर कपुर जस्ता थुप्रै अभिनेता यस सूचिमा पर्छन।

    अभिनेत्रीहरुको पनि सुचि अभिनेताहरुको भन्दा कम छैनन्। फिल्मको पर्दामात्र नभई वास्तविक जीवनमा पनि चुरोट सेवन गर्ने अभिनेत्रीहरु छन्। वास्तविक जीवनमा चुरोट सेवन गरिरहेको अवस्थामा बलिउड अभिनेत्रीहरु क्यामरामा कैद भएका छन्। यसमा ‘क्वीन’ अभिनेत्री कंगना रनौट, रानी मुखर्जी, करिश्मा तन्ना, किम शर्मा, सबाना आजमी, मनिषा कोइराला, सुस्मिता सेन आदि पर्छन्।

    बलिउडका केही सफल अभिनेत्रीहरू पनि रक्सी र चुरोटको लतमा फसेको अन्तर्राष्ट्रिय सञ्चार माध्यममा खबर सार्वजनिक भएको छ। केही बलिउड अभिनेत्रीहरू विभिन्न लतको शिकार हुने गर्छन्। उनीहरु रक्सी तथा चुरोटको सहारा लिने गर्छन्।

    रक्सी र चुरोटको यस्तो नशामा डुबेका कलाकारहरू लतबाट बाहिर आउन ठुलै मुल्य समेत चुकाउने गरेका छन्। केही यस्ता बलिउड अभिनेत्रीहरु कुलतमा फसे र आफ्नो ज्यान गुमाएका समेत छन्।

    को को बलिउड अभिनेत्रीहरु फसे त रक्सी तथा चुरोटको लतमा

    १. कोंकणा सेन

    भारतीय फिल्म क्षेत्रमा बलियो अभिनय कला भएकी कोंकणा सेन कुनै समय रक्सी र चुरोटको लतमा फसेकी थिइन्। तर सन् २०१० मा जब उनी गर्भवती भइन् बच्चाको लागि भए पनि उनले चुरोट र रक्सी छोड्ने निर्णय गरिन्।

    २. सुस्मिता सेन

    मिस युनिभर्सको ताज पहिरिएकी सुस्मिता चेक स्मोकरको रुपमा समेत परिचीत थिइन्। उनलाई बिटाउन अल्कोहलिको नामले समेत चिनिन्छ। तर उनले यस कुरालाई अस्विकार गर्दै आइरहेकी छिन्।

    ३. सिल्क स्मिता

    साउथ फिल्मकी सेक्स सिम्बोलको रुपमा परिचित चर्चीत अभिनेत्री सिल्क स्मिता रक्सीको लतमा नराम्रोसँग फसेकी थिइन् । जब उनलाई फिल्मका अफरहरु कम हुँदै गए उनी डिप्रेशनमा गएकी थिइन्। अन्तिम दिनहरुमा त उनी सेटमा नै रक्सी पिएर आउने गर्थिन्।

    ४. मिना कुमारी

    ट्रेजेटी क्विनको रुपमा परिचीत अभिनेत्री मिना कुमारी रक्सीको नशाको नराम्रो लत थियो। उनको लत यसरी बढ्यो कि उनको ३९ वर्षको उमेर ज्यादा रक्सीका कारण उनको मृत्यु भयो।

    ५. राखि गुल्जार

    राखि गुल्जारले कुनै समय रक्सीलाई सबैभन्दा प्रिय साथी बनाएकी थिइन्। जब राखिका पतिले उनलाई धोका दिँदै मीना कुमारीसँग सम्बन्ध बनाए तब उनी रक्सीको नजिक भइन् । त्यही पिरलाई भुलाउन भए पनि उनी रक्सीको सहारा लिइन्।

    ६. जया बच्चन

    यो कुरा सुन्दा अचम्म लाग्न सक्ला तर जया बच्चनलाई पनि रक्सीको लत थियो। उनी रक्सी एक समय अत्यन्त पिउने गरेको बताइएको थियो ।

    ७. मनिशा कोइराला

    मनिशा कोइराला आज लाखौ मानिसहरुका लागि प्रेरणाको श्रोत भएकी छिन् । तर, उनी एक समय चेन स्मोकरको रुपमा परिचीत थिइन्। उनलाई विभिन्न पार्टीमा रक्सी खाँदै रमाउँदै गरेको विभिन्न सञ्चारमाध्यमले पनि देखाएका थिए । तर, उनले अब यी लत देखि परै बस्ने घोषणा समेत गरेकी छिन् ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij