शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

२० जना महिलासँग विवाह गरेर १२५ सन्तानका पिता बनेपछि…

  • प्रकाशित मिति : बुधबार, साउन ११, २०७४



  • क्यानडामा २० जना महिलासँग विवाह गरी १२५ सन्तानका पिता बनेका एक तथा पाँचजना महिलासँग विवाह गरी २१ सन्तानका पिता बनेका अर्का व्यक्तिलाई अदालतले बहुविवाहको अरोपमा दोषी ठहराएपछि जेल चलान गरिएको छ ।

    गत सोमबार पूर्वी क्यानडाको क्रानब्रुक सहरमा बसोबास गर्ने विन्स्टोन ब्ल्याकमोर र जेम्स मोरियन ओलेरलाई बहुविवाह गरेको आरोपमा पाँच वर्षपछि अदालतले दोषी ठहराएपछि जेल चलान गरिएको हो ।

    २० जना श्रीमती र १२५ सन्तानका पिता विन्स्टोन ब्ल्याकमोर र पाँचजना श्रीमती र २१ सन्तानका पिता मेरियन ओलेरलाई १२७ वर्षअघिको ‘एफएलडिएस’ कानुनअनुसार दोषी ठहराइएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

    सन् २०११ मा नै उनीहरुविरुद्ध आरोप लागपनि अदालतले दोषी ठहराउन सकेको थिएन । क्यानडामा संविधानले दिएको धार्मिक स्वतन्त्रताअनुसार बहुविवाह गर्न छुट दिइएको छ ।

    सोहीकारण त्यहाँको सरकारले गत तीन वर्षमा तीनजना विशेष सरकारी वकिल नियुक्त गरेपनि उनीहरुलाई दोषी सावित गर्न सकिएको थिएन ।

    अन्त्यमा क्यानडमा १२७ वर्षअघि लागू भएको ‘एफएलडिएस’ कानुनलाई आधार बनाइएपछि उनीहरु दोषी ठहरिएका हुन् ।

    उक्त कानुनमा धार्मिक स्वतन्त्रताको नाममा समाजमा हिंसा भड्काउन बहुविवाह गर्नु अपराध हुने कुरा उल्लेख गरेको भेटिएको र उनीहरु दुबैले बहुविवाह गरेको स्वीकारेकाले फैसला सुनाइएको ब्रिटिस कोलम्बिया प्रान्तका न्यायाधीश शेरी एन डोनेगन प्रेस्डले बताए ।

    उक्त कानुनअनुसार उनीहरु दुबैजनाले अधिकतम् पाँच वर्ष जेल भुक्तान गर्नुपर्ने हुन्छ ।

    यता, ब्ल्याकमोरका कानुनी सल्लाहकार ब्लेर सुफ्रेडाइनले भने अदालतले संविधानविपरीत फैसला गरेकाले माथिल्लो अदालतमा पुनः अपिल गर्ने बताएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij