आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

विश्व पौडी च्याम्पियनसिपमा एडम पिटीले जिते दोस्रो स्वर्ण

  • प्रकाशित मिति : बिहिबार, साउन १२, २०७४



  • विश्व पौडी च्याम्पियनसिपमा बेलायती खेलाडी एडम पिटीले दोस्रो स्वर्ण पदक जितेका छन् ।

    किटीले ५० मिटर ब्रेस्टस्ट्रोकमा स्वर्ण पदक जितेका छन् । हंगेरीको बुडापेस्टमा गएराति भएको फाइनलमा २५ दशमलव ९९ सेकेन्डमा दूरी पूरा गर्दै एडम पिटीले स्वर्ण जितेका हुन् ।

    सेमिफाइनलमा भने उनले २५ दशमलव ९५ सेकेन्डमा पौडी पूरा गरेर आफैंले यसअघि बनाएको कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाएका थिए ।

    साविक विजेता पिटीले उपाधि रक्षा गरे पनि सेमिफाइनलमा बनाएको विश्व कीर्तिमानमा सुधार गर्न सकेनन् ।

    ५० मिटर ब्रेस्ट स्ट्रोकमा ब्राजिलका हुँवा गोमेजले रजत तथा दक्षिण अफ्रिकाका क्यामरोन भान डेर बुर्गाले कास्य पदक प्राप्त गरे ।

    स्वर्ण पदक जितेका २२ वर्षे पिटीले यसअघि बुडापेस्टमा सोमबार एक सय मिटर ब्रेस्टस्ट्रोकमा पनि उपाधि जितेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij