आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भारतीय खेलाडी विमानस्थलबाटै बाहिर आउन चाहेनन्!

  • प्रकाशित मिति : मङ्लबार, साउन १७, २०७४



  • कुनै ठूलो प्रतियोगितामा खेल जितेर देश फर्किदा राज्यले वास्ता गरेन भने खेलाडीहरुले असन्तुष्टी कसरी पोख्छन्? सम्भवत पत्रकार सम्मेलन गरेर, आफ्नो भनाई राखेर।

    तर, भारतमा एउटा रोचक घटना भएको छ। टर्कीको इस्तानाबुलमा हालै आयोजना भएको ‘डेफ ओलम्पिक’मा भारतका ४८ खेलाडीले भाग लिएका थिए। जसमा भारतले १ स्वर्ण १ रजत र ३ कास्य गरी कूल ५ मेडल जितेको थियो।

    प्रतियोगितामा सहभागी भएर मंगलबार बिहान देश फर्किने क्रममा विमानस्थलमा उनीहरुले आफूलाई स्वागत गर्न खेल विभागका कुनै पदाधिकारी नआएको थाहा पाएपछि विरोधको रोचक तरीका निकाले।

    उनीहरुले आफ्नो सम्मान नभएसम्म विमानस्थलबाट बाहिर ननिस्किने निर्णय गरेपछि विमानस्थलका कर्मचारीलाई आपत परेको थियो। खेलाडीहरुले आफ्नो स्वागत राम्रोसँग भएन भने जितेको सबै मेडल फर्काउने धम्कीसमेत दिएका छन्। उनीहरुले सांकेतिक रुपमा विमानस्थलमै विरोध गरेका छन्।

    अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको नाम राख्न सफल भए पनि ‘डेफ’ भएका कारण आफूहरु उपेक्षित भएको उनीहरुको आरोप थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij