आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मुहार फेर्दै पाँचथर अस्पताल, ५० शैयाको बनाउने तयारी

  • प्रकाशित मिति : मङ्लबार, साउन १७, २०७४



  • पाँचथर । केही महिना अघिसम्म फोहोर, दुर्गन्धित र अव्यवस्थित अवस्थामा रहेको जिल्ला अस्पताल पाँचथरले अहिले मुहार फेर्दै गएको छ ।

    अहिले अस्पताल प्रशासन बिरामी मैत्री मात्र भएको छैन,अस्पताल परिसर पनि सफा र सुग्घर बन्दै गएको छ ।

    छोटो समयमै पाँचथर जिल्ला अस्पताल परिसरको वातावरण फेरिएको छ । केही महिनाअघिसम्म लथालिंग अवस्थामा रहेको अस्पताल अहिले पुरै परिवर्तन भएको छ ।

    अस्पताल विकास समितिको अध्यक्षमा युवा व्यवसायी दीपक नेपाल चयन भएपछि अस्पतालले मुहार फेरेको हो ।

    कार्यकाल सम्हालेको ६ महिनामै नेपालले अस्पतालमा आमूल परिवर्तन ल्याइदिनुभएको हो ।

    अस्पतालको सरसफाई र बिरामीलाई छिटो र गुणस्तरिय सेवा प्रदान गर्ने उद्देश्य अनुरुप काम गरेपछि अस्पतालको स्वरुप नै परिवर्तन भएको अध्यक्ष नेपाल बताउँछन् ।

    ६ महिनाअघिसम्म अस्पताल परिसरमा रहेको शौचालय दुर्गन्धित थियो । प्यासेजमा लगाइएका टायलसमेत उक्किसकेका थिए भने बिरामीका कुरुवा उल्टै बिरामी हुने अवस्था थियो ।

    तर अहिले सबै परिवर्तन भएका छन् । अस्पतालमा नयाँ क्यान्टिन बनाइएको छ भने अस्पताल परिसरमा बनाइएको बगैँचालाई वरीपरी घेराबारा गरिएको छ ।

    अस्पताल जाने सडक कालोपत्रे मात्र गरिएको छैन, अस्पतालभित्रै फार्मेसी सञ्चालन गरिएको छ ।

    ३० करोड रुपैयाँको लागतमा पाँचथर अस्पताललाई ५० शैयाको बनाउने तयारी भइरहेको छ । छोटो समयमै अस्पतालमा धेरै परिवर्तन आएको सेवाग्राही बताउँछन् ।

    अस्पतालको बाहिरी पक्षमा मात्र सुधार गरिएको होइन । बिरामीको जाँच तथा परामर्श पनि राम्रोसँग सञ्चालन भइरहेको अस्पतालका निमित्त प्रमुख डा.भूपाल श्रेष्ठ बताउँछन् ।

    अस्पताल प्रशासनले शुरु गरेको सुधारको प्रयासलाई सुरक्षा निकायले समेत साथ दिएका छन् ।

    बिरामीलाई आवश्यक परेका बेला जस्तोसुकै सहयोग गर्न आफूहरु खटिने गरेको अस्पतालमा खटिएका प्रहरी हवल्दार राजकुमार कार्की बताउँछन् ।

    पाँचथर जिल्ला अस्पताललाई ५० शैयाको बनाउन थालिएको छ ।

    अस्पताल प्रशासनले गरेको सुधार र स्तरोन्नतिले स्थानीयबासिन्दामा मात्र नभई आसपासका जिल्लाका नागरिकमा पनि खुसी छाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij