आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

जाइरालाई ‘दंगल’ मा डेब्यू गराउन आमिरले सारे ‘सिक्रेट सुपरस्टार’ को रिलीज

  • प्रकाशित मिति : बुधबार, साउन १८, २०७४



  • फिल्म ‘दंगल’मा सानी गीता फोगटको भूमिकाबाट बलिउडमा डेब्यु गरेकी जाइरा वसिम अभिनेता आमिर खान सँगै अर्को फिल्ममा देखिएकी छन्।

    ‘दंगल’मा आफ्नो अभिनयबाट सबैलाई प्रभावित पारेकी वसिमले यसै फिल्मबाट उत्कृष्ट सहयोगी अभिनेत्रीको राष्ट्रिय अवार्ड पनि पाएकी थिइन्।

    यीनै जाइराको दोस्रो फिल्म ‘सिक्रेट सुपरस्टार’ को ट्रेलर रिलिज भएको छ। यस फिल्ममा उनी कट्टर मुस्लिम परिवारकी छोरीको भूमिका देखिएकी छन्।

    बुधबार फिल्म ‘सिक्रेट सुपरस्टार’को ट्रेलर रिलिज कार्यक्रममा आमिरले दंगलको कारण ‘सिक्रेट सुपरस्टार’ आउन ढिलो भएको बताए। उनले जाइरालाई ‘दंगल’ बाट डेब्यू गराउन भनेर ‘सिक्रेट सुपरस्टार’ भन्दा पहिले द फिल्म ‘दंगल’ सुट गर्न लगाएको बताए।

    जाइरालाई फिल्म ‘दंगल’ र ‘सिक्रेट सुपरस्टार’ मा के भिन्नता छ भनी सोध्दा उनले यी दुई फिल्म फरक भएपनि आफूमा केही परिवर्तन नआएको बताइन्। दंगलमा जस्तो यो फिल्ममा छोटो कपाल नभएको उनले रमाइलो टिप्पणी दिइन्।

    फिल्ममा जाइराले १४ वर्षीया बालिका इन्सीयाको भूमिका निर्वाह गरेकी छन्। उनलाई संगीतमा रुची हुन्छ।  कट्टर मुस्लिम समुदायकी इन्सीयालाई उनको बाबुले संगीतमा लाग्द दिदैंनन्। यसपछि उनले बुर्का लगाएर आफ्ना गीतहरु युट्यूब सार्वजनिक गर्छिन्। संगीत निर्देशकको भूमिकामा देखा परेका आमिर खानको ध्यान इन्सीयाको भिडियोले खिचेपछि फिल्मको कथा बहन्छ।

    फिल्म ‘सिक्रेट सुपरस्टार’लाई अद्भेत चन्दनले निर्देशन गरेका छन् भने आमिर खान सहनिर्माता हुन्। फिल्म यही वर्षको तिहारमा सार्वजनिक हुनेछ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij