आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मेसीले साथीहरुलाई भने, नेइमारको सट्टा काउटिन्हो बार्सिलोनामा

  • प्रकाशित मिति : बिहिबार, साउन १९, २०७४



  • बार्सिलोनाले नेइमार बाहिरिएपछि उनको स्थानमा लिभरपुलका फिलिप काउटिन्होलाई क्लबमा भित्र्याउने पक्का भएको छ।

    बार्सिलोना स्टार लिओनल मेसीले आफ्ना नजिकका साथीहरुलाई काउटिन्हो यसै सिजनदेखि क्लबमा भित्रिन लागेको जानकारी गराएका छन्। नेइमार यसै साता फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) जादैँ छन्।

    स्पेनिस पत्रिका डारियो गोलले काउटिन्हो बार्सिलोनाका व्यवस्थापक इर्नेस्टो भाल्भेर्डेको पहिलो रोजाई रहेको बताएको छ।

    यसअघि लिभरपुलले काउटिन्होका लागि करिब १२ अर्ब १० करोडको बार्सिलोनाको प्रस्ताव अस्विकार गरेको थियो। सन् २०१३ मा इन्टर मिलानबाट लिभरपुल भित्रिएपछि उनी इङ्लिस क्लबका स्टार खेलाडी हुन्।

    नेइमार पिएसजी जाने भएपछि ब्राजिलियन खेलाडी काउटिन्होका लागि तानातान भएको थियो। नेइमार आफूसँगै काउटिन्होलाई पिएसजी लैजान चाहन्थे।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij