प्रकाशित मिति : बिहिबार, साउन १९, २०७४
गुल्मी । युएइकाे दुबइमा बाबुराम गोतामे सुनारको पहलमा दुवै मिर्गौला फेल भएका गुल्मी रिडी बजारका ३१ बर्सिय धिरज श्रेष्ठको उपचार्थ सहयोग संकलन गरिएको छ ।
त्यहाँबाट सहयोगी अभियान्ता सुनारले २ लाख ६० हजार २ सय ७५ रुपैयाँ संकलन गरी पठाएको रकम रुरु नेटवर्क संचालक सुन्दर कसजू मार्फत पिडितलाई हस्तान्तरण गरिएको छ ।
गुल्मीको साविकको ग्वादी २ का वावुराम गोतामे सुनारले सहयोगदाता सवैको नाम र रकम विवरण फेशबुकमा राख्दै सवै सहयोगदाता प्रति धन्यबात दिएका छन् । सुनार यसअघि पनि थुप्रै विपतमा परेकाहरुको उद्धारमा सक्रिय हुँदै आएका छन् ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij