आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

विश्व फुटबलको १० महंगो क्लब स्थानान्तरण

  • प्रकाशित मिति : बिहिबार, साउन १९, २०७४



  • ब्राजिलियन स्ट्राइकर नेइमार मेडिकल चेकअपका लागि पोर्चुगलको पोर्टो पुगेपछि उनी विश्वको सर्वाधिक रकममा क्लब स्थानान्तरण गर्ने खेलाडी बन्न लागेका छन्।

    उनीभन्दा अगाडि फ्रेन्च मिडफिल्डर पाउल पोग्बा विश्वको सर्वाधिक रकममा क्लब स्थानान्तरण गर्ने खेलाडी बनेका थिए। पोग्बालाई गत वर्ष इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडले युभेन्ट्सबा किनेको थियो। त्यतिबेला पोग्बाका लागि म्यानचेस्टरले १२ अर्ब ५ करोडको कीर्तिमानी रकममा आफ्नो क्लब भित्र्याएको थियो।

    नेइमारलाई फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) ले २६ अर्ब ६४ करोडमा भित्र्याउने पक्का भइसकेको छ। खाली सम्झौता पत्रमा हस्ताक्षर हुन मात्र बाँकी छ। पोर्टोमा मेडिकल चेकअप समाप्त भएपछि नेइमार शुक्रबार पेरिस पुग्ने कार्यक्रम छ। यही उनले सम्झौतामा हस्ताक्षर गर्दै छन्।

    विश्वका १० महंगा स्थानान्तरण

    १ नेइमार (बार्सिलोनाबाट पिएसजी, २०१७)– २६ अर्ब ६४ करोड
    २. पाउल पोग्बा (युभेन्ट्सबाट म्यानचेस्टर युनाइटेड, २०१६)– १२ अर्ब ५ करोड
    ३. गारेथ बेल (टोटेनहमबाट रियल म्याड्रिड, २०१३)– ११ अर्ब ५१ करोड
    ४. क्रिस्टियानो रोनाल्डो (म्यानचेस्टर युनाइटेडबाट रियल म्याड्रिड)– १० अर्ब ७९ करोड
    ५. गोञ्जालो हिग्विन (नेपोलीबाट युभेन्ट्स २०१६)– १० अर्ब १६ करोड
    ६. नेइमार (सान्तोषबाट बार्सिलोना, २०१३)– १० अर्ब १४ करोड
    ७. रोमेलु लुकाकु (इभर्टनबाट म्यानचेस्टर युनाइटेड, २०१७)– १० अर्ब ११ करोड
    ८. अल्भारो मोराटा (रियल म्याड्रिडदेखि चेल्सी २०१७)– ९ अर्ब ५२ करोड
    ९. लुइस सुआरेज (लिभरपुलबाट बार्सिलोना, २०१४)– ८ अर्ब ७६ करोड
    १०. जेम्स रोड्रिगेज (मोनाकोबाट रियल म्याड्रिड, २०१४)– ८ अर्ब ४९ करोड

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij