आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पोखरामा व्यवसायिक क्रिकेटको सुरूवात, माछापुच्छ्रे क्रिकेट लिगका लागि खेलाडी लिलाम

  • प्रकाशित मिति : सोमवार, साउन २३, २०७४



  • पोखरामा पहिलो पटक व्यवसायिक क्रिकेटको छनक देखिएको छ। आइतबार लेकसाइडको होटल बाटिकामा आयोजित एक कार्यक्रममा क्रिकेट खेलमा यस क्षेत्रमा प्रतिष्ठा बनाएका खेलाडीहरुको मुल्य तोकिएको छ। उनीहरुलाई विभिन्न क्लवमा आवद्ध गराइएको छ।

    माछापुच्छ्रे क्रिकेट क्लब पोखरा र खुकुरी इन्टरटेन्मेटको आयोजनामा पोखरामा हुने माछापुच्छ्रे क्रिकेट लिगमा सहभागि हुने खेलाडीहरुको आइतबार लिलामी गरिएको हो।

    प्रतियोगितामा भि.एम. वारियर्स बाग्लुङ, के.के.ए.एफ.स्याङजा च्यालेन्जर्स, इन्फोमेटिक्स कलेज चिताज्, डाउन टाउन लायन्स क्लव पोखरा, पर्वत टाइटान्स र माछापुच्छ्रे लायन्स पोखराले भाग लिनेछन्।

    लिलामीमा सहभागि टिमका व्यवस्थापक, क्याप्टेनले खेलाडीहरुको बढिबढाउ मूल्यमा खेलाडीहरु आ–आफ्नों टिमका लागि खरिद गरे। खेलाडी लिलामी कार्यक्रममा प्रतियोगितामा भाग लिने ६ क्लबका व्यवस्थापक र टिम क्याप्टेनले खेलाडीको मुल्य लगाएका हुन्।

    आयोजकले एक टिमले खेलाडी खरिदका लागि बढीमा ५० हजार रुपैयाँ खर्च गर्न पाउने प्रावधान बनाएकाले उनीहरुले पनि सोही दायरा भित्रै रहेर खेलाडीको मुल्य लगाए । ६ वटा टिमहरुले ९० खेलाडी खरिदका लागि २ लाख ७५ हजार ५ सय रुपैयाँ खर्चिए।

    लिलामीमा पोखराका सुदिप पौडेल सबैभन्दा महंगो खेलाडी बने। उनलाई डाउन टाउन लायन्सले १० हजार मुल्य लगायो। त्यस्तै स्याङ्जाका विश्व थापालाई स्याङ्जालेनै ७ हजार ५ सय रुपैयाँमा खरिद गर्‍यो भने बाग्लुङ्गका कृष्ण खड्कालाई बाग्लुङ्गले ७ हजारमा र त्यतिनै रकममा माछापुच्छ्रे लायन्सले मेहनत खनाललाई खरिद गर्‍यो।

    लिगकम नकआउटका आधारमा खेलाइने प्रतियोगिता भदौको ६ देखि १७ गतेसम्म नदीपुरस्थित माछापुच्छ्रे क्रिकेट मैदानमा हुनेछ। विजेता टोलीले ३ लाख, सिल्ड, मेडल र प्रमाणपत्र, उपविजेताले १ लाख ५० हजार नगद पाउनेछ।

    त्यसैगरि सर्वोत्कृट खेलाडीले २० हजार, उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्स्म्यानले १०/१० हजारसहित ट्रफि पुरस्कार प्राप्त गर्नेछन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij