आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

घुनजस्तो सानो किराले टोक्दा यती ठूलो घाउ ?

  • प्रकाशित मिति : मङ्लबार, साउन २४, २०७४



  • घुनजस्तो सानो किराले टोक्दा युद्धमा होमिएको सैनिकलाई लागेको जस्तो घाउ भएको खबर सुन्दा तपाईंलाई सायद अचम्म लाग्ला ।

    एक अष्ट्रेलियाली किशोरको खुट्टामा केही निक्कै साना समुन्द्री किराले टोक्यो जसका कारण उनका दुबै खुट्टा रगताम्मे भए । उनको अस्पतालमा उपचार भइरहेको छ ।

    चेतावनीः यहाँ घाउको तस्बिर छ ।

    ‘सुई लगाएको जस्तो पीडा’

    एक फुटबल खेलपछि १६ वर्षका स्याम क्यानिजाय मेलबर्नमा आफ्नो घर नजिकैको ब्राइट बीचमा पुगेका थिए । त्यहाँ आधा घण्टासम्म उनले आफ्नो खुट्टा पानीमा डुबाइराखेका थिए ।

    बीबीसीसँगको कुराकानीमा स्यामले खुट्टामा सुई लगाएको जस्ता पीडा भएको बताए । खासै ठूलो केही नभएको सोचेर उनले वास्ता गरेनन् तर एकैछिनपछि आफ्नो खुट्टा रगताम्मे भएको पाए ।

    उनले भने, ‘निकै बेरदेखि रगत बगिरहेको थियो र त्यो धेरैबेरसम्म रोकिएन ।’

    स्यामका पिता जेरड केनिजायले बीबीसीसँगको कुराकानीमा भने, ‘जब छोरा घरमा आयो तब कुनै युद्धमा घाइते भएर फर्किएको स्थितीमा थियो । ग्रेनेड हमला भएको झैं भयो । निकै रगत बगिरहेको थियो ।’

    आखिर कुन किराले टोकेर यस्तो भयो ? यसबारे जानकारी लिनका लागि परिवार जानकारको मद्दत लिइरहेको छ ताकि उपचार सहज हुन सकोस् ।

    स्यामको खुट्टामा यस्ता घाउ थिए जुसमा अनगिन्ती सुई लगाइएको जस्तो थियो । दुई स्थानीय अस्पतालमा जब घाउको पहिचान हुन सकेन तब जेराड आफैं ती समुन्द्र तटमा गए ।

    उनले भने, ‘म पानीमा उभिएँ र ती अचम्मका किरालाई एउटा जालमा फसाएर त्यसै ठाउँबाट जम्मा गरें । हज्जारौंको संख्यामा ती किरालाई मैले विशेषज्ञलाई पठाएको छु ।’

    उनले भने, हामी विशेषज्ञको विचारको प्रतिक्षामा छौं । यो कस्तो किरा हो, कस्तो व्यवहार गर्छ, यस्तो घाउ कसरी हुन्छ भन्ने बारे अनुसन्धान भइरहेको छ ।’

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij