आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मेक्सिकन फुटबलका कप्तान राफेल मार्कवेजलाई अमेरिकमा प्रतिबन्ध

  • प्रकाशित मिति : बिहिबार, साउन २६, २०७४



  • उत्तर अमेरिकी मुलुक मेक्सिकोको राष्ट्रिय फुटबल टोलीका कप्तान राफेल मार्कवेजलाई अमेरिकाले प्रतिबन्धित व्यक्तिको सूचीमा राखेको छ ।

    मार्कवेज मेक्सिकोको एउटा कुख्यात लागु औषध तस्करहरुको समूहसँग निकट रहेको भन्दै अमेरिकाले प्रतिबन्धमा राखेको हो ।

    यो निर्णयसँगै मार्कवेज र उनको परिवारका कुनै पनि सदस्यको नाममा रहेको सम्पत्ति र व्यावसायिक कारोबारमाथि अमेरिकामा प्रतिबन्ध लागेको छ ।

    लागु औषध तस्कर समूहका नाईके राउल फ्लोरेस हर्नान्डेजसँग मार्कवेजको असाध्यै निकट सम्बन्ध रहेको र तस्करीको सम्पत्ति लुकाउन मार्कवेजले सहयोगीको भूमिका खेलिरहेको अमेरिकी जिकिर छ ।

    अमेरिकाले मार्कवेजसँगै मेक्सिकन गायक हुलियो सिजर अल्भारेज र अन्य २१ व्यक्तिका ४२ संगठनलाई प्रतिबन्धको सूचीमा राखेको हो ।

    चार पटक विश्वकप फुटबल खेलेका मार्कवेजले स्पेनिस फुटबल क्लव बार्सिलोना र फ्रेन्च क्लब मोनाकोबाट व्यावसायिक फुटबल खेलेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij