मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

जनसेवाका पर्याय डा.केसी

  • प्रकाशित मिति : शनिबार, भदौ १०, २०७४



  • डा.गोविन्द केसीले टिकट काटेको माइक्रोबस उनलाई लिन बिहीबार बिहानै त्रिवि शिक्षण अस्पताल महाराजगन्ज आयो । त्यति बेला पेट दुखेर अस्पतालभित्र उनकै उपचार भइरहेको थियो ।आजको कान्तिपुरामा खबर छापिएको छ ।

    बनेपा–बर्दिबास हुँदै पूर्व जाने रुटको यात्रुवाहक माइक्रोबसले उनलाई करिब एक घण्टा कुर्‍यो । उनी जान उठेर आए । तर, अस्पतालका अन्य चिकित्सकले रोक्दै भने, ‘यो अवस्थामा मधेसको गर्मीमा नजानुहोस्, तपाईंकै लागि जोखिमपूर्ण छ ।’ उनले मानेनन् । सप्तरीको दलित बस्तीमा गएर बाढी प्रभावितलाई लागेको रोगब्याधीको उपचार गरेरै छाड्ने अडान राखे ।

    अन्ततस् चिकित्सकले सल्लाह दिए, ‘त्यसो भए जहाज चढेर विराटनगर हुँदै जानुहोस् । लामो घुम्ती बाटो गाडीमा नहिँड्नुहोस् ।’ त्यतिचाहिँ उनले स्विकारे । उनको टोली माइक्रोबसबाट यता आयो, उनी जहाजबाट ।
    बिहीबार बेलुकीपख सप्तरी आइपुगेका उनी शुक्रबार बिहान ९ बजेदेखि स्वास्थ्य शिविरमा सहभागी भए ।

    साथमा सहयोगी चिकित्सकहरू नभएका होइनन् । तैपनि मुख्य रूपमा उनी नै खटे । आमरण अनशन स्थगनको ९ दिन आराम गरेपछि डा। केसी सप्तरीमा स्वास्थ्य शिविर चलाउन आइपुगेका हुन् । २३ दिन अनशन बसेपछि बाढीपहिरोका कारण भएको असामान्य अवस्थालाई ध्यान दिँदै उनले
    आफ्ना माग पूरा नभए पनि अनशन स्थगन गरेका थिए । तिनै बाढीपीडितको उपचारार्थ आफ्नै स्वास्थ्य जोखिममा पार्दै उनी यहाँको दलित बस्ती आइपुगेका हुन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij