शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

उत्तर कोरियाबाट पुनः सानो दुरीका तीन वटा ब्यालेस्टिक क्षेप्यास्त्र परिक्षण

  • प्रकाशित मिति : शनिबार, भदौ १०, २०७४



  • उत्तर कोरियाले सानो दुरीका तीन वटा ब्यालेस्टिक क्षेप्यास्त्र परिक्षण गरेको छ ।

    संयुक्त राष्ट्र संघलगायत शक्तिशाली देशले गरेको आग्रहको वेवास्ता गर्दै उत्तर कोरियाले लगातार क्षेप्यास्त्र परिक्षण गरिरहेको हो ।

    दक्षिण कोरियाली सेनाले उत्तर कोरियाले पूर्वी समुद्रमा थुप्रै क्षेप्यास्त्र परीक्षण गरेको देखिएको जनाएको छ ।

    दक्षिण कोरियाली अधिकारीहरुका अनुसार उत्तर कोरियाको ग्याङवान प्रान्तबाट प्रहार गरिएको क्षेप्यास्त्रले करिब २५० किलोमिटरको दूरी तय गरेको थियो ।

    स्थानीय समय अनुसार शनिबार बिहान ६ बजेर ४९ मिनेट जाँदा क्षेप्यास्त्र परीक्षण गरिएको दक्षिण कोरियाली सेनाले जनाएको छ ।

    अमेरिकी प्यासिफिक कमाण्डले भने पहिलो र तेस्रो क्षेप्यास्त्र उडानमा विफल भएको र दोस्रो क्षेप्यास्त्र परीक्षणपछि विस्फोट भएको जनाएको छ ।

    आधा घण्टाभित्रै ती क्षेप्यास्त्र परिक्षण गरिएको हो । उसले उत्तर कोरियाद्वारा गरिएको परीक्षणबाट गुआम टापुलाई कुनै खतरा नरहेको बताएको छ ।

    गत महिना अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गरेपछि उत्तर कोरियाले अमेरिकी प्रायद्वीप गुआममा क्षेप्यास्त्र हमला गर्ने चेतावनी अमेरिकालाई दिएको थियो ।(एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij