आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

इङ्लिस प्रिमियर लिगः म्यान्चेस्टर युनाईटेड र म्यान्चेस्टर सिटी विजयी

  • प्रकाशित मिति : आइतवार, भदौ ११, २०७४



  • काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत राती भएका खेलमा म्यान्चेस्टर युनाईटेड र म्यान्चेस्टर सिटी विजयी भएका छन् ।

    आफ्नै मैदानमा भएको खेलमा जोजे मौरिन्होको म्यान्चेस्टर युनाईटेडले लेस्टर सिटीलाई २-० ले हरायो ।

    खेलमा म्यानयुलाई विजयी गराउन वैकल्पिक खेलाडिहरु मार्कस रास्फोर्ड र मराउने फेलियानीले एक/एक गोल गरे । यसअघि रोमेलु लुकाकुले पाएको एउटा पेनाल्टी अवसर खेर फालेका थिए ।

    प्रिमियर लिगकै अर्को खेलमा म्यान्चेस्टर सिटीले बर्नमाउथलाई २-१ ले हरायो । खेलमा म्यान्चेस्टर सिटीलाई विजयी गराउन राहिम स्टर्लिङले अतिरिक्त समयमा निर्णायक गोल गरे ।

    यसअघि बर्नमाउथका चार्ली ड्यानियल्सले पहिलो गोल गरेका थिए भने सिटीका ग्याब्रिएल जिससले बराबरी गोल गरेका थिए ।

    प्रिमियर लिग फुटबलकै अन्य खेलहरुमा स्वान्सी सिटीले क्रिस्टल प्यालेसलाई २-० ले तथा न्यूकासल युनाईटेडले वेष्ट ह्याम युनाईटेडलाई ३÷० ले हराएका छन् ।

    हडर्सफिल्ड टाउन र साउथह्याम्पटन तथा वाट्फोर्ड र ब्राईटनले भने गोलरहित बराबरी खेलेका छन् ।

    प्रिमियर लिग फुटबलमा आज चार खेल हुनेछन् । आज हुने खेलहरुमा चेल्सी र एभर्टन, लिभरपुल र आर्सनल, टोटनह्याम र बर्न्ले तथा वेष्ट ब्रोम र स्टोक सिटी भिड्नेछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij