मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

खोटाङमा भाइरल ज्वरोको बिमारीको चाप

  • प्रकाशित मिति : सोमवार, भदौ १२, २०७४



  • खोटाङ । जिल्ला अस्पताल खोटाङमा भाइरल ज्वरोको बिमारीको चाप बढेको छ ।

    मौसम परिवर्तन भएसँगै जिल्ला अस्पतालमा शरीर दुख्ने, अधिक ज्वरो आउने, टाउको दुख्नेलगायतका लक्षण देखिने भाइरल ज्वरोको बिरामीको चाप बढेको हो ।

    चिसो सुरु भएसँगै दैनिक १ सय ५५ जनाको हाराहारीमा बिरामी उपचारका लागि अस्पताल आइरहेका जिल्ला अस्पताल खोटाङका प्रमुख डा.रामबहादुर केसीले जानकारी दिए ।

    जटिल समस्या देखिएका बिरामीलाई भने अन्यत्र रेफर गरिएको अस्पतालले जनाएको छ । अस्पताल आउने कतिपय बिरामीमा टाइफाईडको समस्या देखिएको छ ।

    भाइरलबाट बच्न पानी उमालेर प्रयोग गर्न, बच्चा तथा बृद्धबृद्धालाई चिसोबाट जोगाउन, पिरो अमिलो नखान, न्यानो कपडा लगाउन अस्पतालले आग्रह गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij