आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पर्वत र ताप्लेजुङमा भाइरल ज्वरोका बिरामीको संख्या अधिक

  • प्रकाशित मिति : बिहिबार, भदौ १५, २०७४



  • पर्वत/ताप्लेजुङ । पर्वतमा भाइरल ज्वरोका बिरामी बढेका छन् । जिल्ला अस्पतालसहित गाउँगाउँका स्वास्थ्य चौकीहरुमा केही दिन यता भाइरल ज्वरोका बिरामीको संख्या बढेको हो ।

    निरन्तरको वर्षा र मौसम परिवर्तनका कारण बिरामीको संख्या बढेको चिकित्सकहरुले बताएका छन् ।

    जिल्ला अस्पतालमा मात्र दैनिकजसो १ सय २० जनासम्म भाइरल ज्वरोका बिरामी उपचारका लागि पुग्ने गरेको अस्पतालले जनाएको छ ।

    यसअघि सामान्यतः दैनिक ४० देखि ५० जना बिरामी आउने गरेकोमा दुई सातादेखि बिरामीको चापमा वृद्धि भएको अस्पतालको तथ्यांकमा उल्लेख छ ।

    उता, मौसम परिवर्तनसँगै जिल्ला अस्पताल ताप्लेजुङमा पनि बिरामीको चाप निकै बढेको छ । रुखाखोकी, ज्वरो, टाइफाइडलगायत भाइरल रोगका विरामीको चाप बढेको अस्पताल प्रशासनले जनाएको छ ।

    अहिले दैनिक १ सय ३० देखि १ सय ५० जनासम्म बिरामी आउने गरेको जिल्ला अस्पताल ताप्लेजुङले जनाएको छ ।

    अस्पतालका चिकित्सक डा.रञ्जितराज पाठकले भाइरल र झाडापखालाका बिरामीको संख्यामा वृद्धि भएको जानकारी दिए ।

    भाइरलको प्रकोप देखिएकाले अनिवार्य मास्कको प्रयोग गर्न तथा उमालेको पानी प्रशस्त पिउन चिकित्सकहरुले सुझाव दिएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij