आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

स्वास्थ्यकर्मीले गरे घरघरैमै गएर बिरामीको उपचार

  • प्रकाशित मिति : आइतवार, भदौ १८, २०७४



  • गोरखाको धार्चे गाउँपालिका–३ उहियाको खोर्लाका २ सय  घरधुरीमा रहेका मौसमी रुघाखोकी र ज्वरोका बिरामीको उपचार सुरू गरिएको छ ।

    उहिया स्वास्थ्य चौकीका तीनजना स्वास्थ्यकर्मीले घरघरै पुगेर बिरामीको स्वास्थ्य परीक्षण गरी औषधि उपलब्ध गराउन थालेका हुन् ।

    शनिबार २५० जना बिरामीको उपचार गरिएको जनस्वास्थ्य कार्यालयका महामारी शाखाका प्रमुख नानीबाबु दानीले जानकारी दिए । दानीले भने, ‘बिरामी स्वास्थ्य चौकी नआउने, बिरामी खोज्दै स्वास्थ्यकर्मी गाउँ–गाउँ, घर–घर पुग्नुपर्ने बाध्यता छ । धार्चे–३ का वडाध्यक्ष इन्द्रप्रसाद गुरुङले टहरोमा बस्दै आएका करीब २ सय गाउँले रुघाखोकी, ज्वरोबाट बिरामी रहेको बताए ।

    स्वास्थ्य चौकीमा पर्याप्त औषधि छैन । वडाध्यक्ष गुरुङका अनुसार स्वास्थ्य चौकी प्रमुखले सदरमुकामबाट औषधि ल्याएको भए पनि खच्चडबाट ढुवानी गर्नुपर्दा गाउँसम्म ल्याइपुर्‍याउन सकिएको छैन । उहियामा सडक पहुँच छैन । सामग्री ढुवानीका लागि मान्छे वा खच्चडको भर पर्नुपर्छ । खोर्लाबाट सात घण्टाको दूरीमा स्वास्थ्य चौकी रहेको छ ।

    यसअघि बारपाकमा मौसमी रुघाखोकी, ज्वरो र निमोनियाका कारण ६०० भन्दा बढी बिरामी परेका थिए । अहिले बारपाकमा सिजनल फ्लुको महामारी नियन्त्रणमा आइसकेको चिकित्सकले बताएका छन् । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij