आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कोहली र भुवनेश्वरकुमार चम्किएपछि श्रीलंका विरूद्ध भारतको क्लिन स्वीप

  • प्रकाशित मिति : सोमवार, भदौ १९, २०७४



  • भुवनेश्वर कुमारको शानदार बलिङसँगै कप्तान विराट कोहलीको उत्कृष्ट सतकीय पारीसँगै भारतले पाँचौ तथा अन्तिम एक दिवसीयमा श्रीलंकालाई ६ विकेटले हराउँदै सिरिज ५-० ले कब्जा गरेको छ।

    आर. प्रेमदासा मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४९.४ ओभरमा अल आउट हुँदै भारतलाई २३९ रनको लक्ष्य दिएको थियो। जसमा भारतले ४६.३ ओभर खेल्दै चार विकेट गुमाएर लक्ष्य भेट्टायो।

    भारतका लागि कप्तान विराट कोहलीले नटआउट ११० रनको सतकीय पारी खेलेका थिए। यस्तै केदार जाधवले ६३ रनको अर्धसतकीय पारी खेले।

    श्रीलंकाका लागि लनसिथ मलिंगा, विश्वा फर्नान्डो, वानिडु हसरंगा र मालिन्दा पुष्पकुमाराले एक-एक विकेट लिएका थिए।

    यसअघि भुवनेश्वर कुमारको कसिलो बलिङ सामु श्रीलंका ४९४ ओभरमा २३८ रनमा समेटियो। उसका लागि लाहिरू थिरिमानेले ६७ तथा  पूर्व कप्तान एन्जेलो मैथ्यूजले ५५ रन बनाएका थिए।

    भारतका लागि भुवनेश्वर कुमारले ५ तथा जसप्रीत बुमराहले २ विकेट लिए। युजवेन्द्र चहल र कुलदीप यादवको नाममा एक-एक विकेट रह्यो। श्रीलंकाका एक ब्याट्मेन रन आउट भए।

    यो जितसँगै भारतले श्रीलंकासँगको पाँच खेलको शृंखलामा क्लिन स्वीप गरेको छ।

    यो हारसँगै श्रीलंकाले आगामी वर्ष बेलायतमा आयोजना हुने आइसीसी विश्वकप क्रिकेटमा सिधै छनोट हुने मौका समेत गुमाएको छ। अब श्रीलंकाले विश्वकपको लागि छनोट खेल खेल्नुपर्ने हुन्छ । यदि वेष्ट इन्डिजले आफुले खेलेको खेल गुमाएमा भने श्रीलंकाले विश्वकप छनोट खेल्नुपर्दैन।

    सन् २०१९ मा हुने विश्वकपमा छनोट हुन श्रीलंकालाई भारतबिरुद्धको एक दिवसीय सिरिज मध्ये कम्तिमा पनि दुई खेल जित्नुपर्ने हुन्थ्यो। तर भारतसँग पाँचै खेल गुमाएप५ श्रीलंकाको त्यो सम्भावना सकिएको हो।

    यसअघि भारतले घरेलु टोलि बिरुद्धको टेष्ट सिरिज पनि क्लिन स्विप गरेको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij