आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेपालगन्जमा आज नैतिक शिक्षा र सुशासन बिषयक बक्तृत्वकला प्रतियोगिता सम्पन्न

  • प्रकाशित मिति : सोमवार, भदौ १९, २०७४



  • मधु पौडेल , बाँके । नेपालगन्जमा आज सम्पन्न नैतिक शिक्षा र सुशासन बिषयक बक्तृत्वकला प्रतियोगितामा २९ जना प्रतियोगिहरुलाई पछि पार्दै जय बागेश्वरी माबि नेपालगन्जका कमल चौधरी प्रथम स्थान हासिल गर्न सफल भएका छन् ।

    ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपालको सहयोगमा बास नेपालगन्जद्धारा आयोजित अन्तर माबि स्तरीय सो बक्तृत्वकला प्रतियोगितामा क्रमशः द्धितिय, तृतीय र सान्त्वना स्थान आदर्श माबि राझाँकि मिनु गुप्ता, बेष्टजोन ईंलिस मिडियम स्कुलका शुभम बस्याल र एलिना कठायत हासिल गर्न सफल भएका छन् ।

    प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय र सान्त्वना स्थान हासिल गर्न सफल प्रतियोगिहरुलाई कार्यक्रमका अतिथि तथा निर्णायकहरुले ट्रफि, पुरस्कार तथा प्रमाणपत्र मार्फत पुरस्कृत गरेका थिए भने सहभागि सबै बिद्यार्थिहरुलाई सहभागिताको प्रमाण पत्र प्रदान गरिएको थियो । नेपालगन्ज १ स्थित धम्बोझि माबिमा सम्पन्न प्रतियोगिताको समापन तथा पुरस्कार बितरण कार्यक्रममा बोल्दै कार्यक्रमका अतिथि तथा धम्बोझि माबि बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष धन बहादुर चन्दले बिद्यार्थिहरुका लागि आयोजना गरिने यस्ता प्रतियोगिताहरुले बिद्यार्थिहरुलाई अतिरिक्त क्रियाकलापमा लाग्न उत्प्रेरीत गर्ने बताए ।

    यस्तै कार्यक्रमका बोल्दै धम्बोझि माबिकी प्रधानाध्यापक किरण आचार्यले सहभागिताले आत्मबल बढाउने भन्दै प्रतियोगितामा सहभागि हुने सबैलाई बधाई ज्ञापन गरिन उनले लडेर अगाडि बढेमा जित सुनिश्चित हुने भन्दै प्रयास निरन्तर जारी राख्न सबै बिद्यार्थीहरुलाई अनुरोध गरिन् ।

    यसैगरी कार्यक्रममा बोल्दै बासका कार्यकारी निर्देशक नमस्कार शाहले अतिरिक्र क्रियाकलापमा हुने सहभागिताले बिद्यार्थिहरुको क्षमतामा निखार आउने बताए । बासले यस्ता क्रियाकलाप आगामि दिनमा समेत गर्दै जाने उनको भनाई थियो ।

    नेपालमा राष्ट्रिय सदाचार परियोजनाका कार्यक्रम अधिकृत हेमराज भट्टले सहजिकरण गरेको प्रतियोगितामा निर्णायकको भुमिका नेपाल पत्रकार महासंघ बाँकेका पूर्ब अध्यक्ष रुद्र सुबेदी, शान्ति समिति बाँकेका पूर्ब अध्यक्ष तेज बिक्रम शाह र बासका अध्यक्ष मन भण्डारीले गरेका थिए । प्रतियोगितामा प्रतियोगि बिद्यालयका शिक्षक तथा अन्य बिद्यार्थि गरि ४५ बढीको सहभागिता रहेको थियो भने धन्यबाद ज्ञापन सहित कार्यक्रमको समापन बासका अध्यक्ष मन भण्डारीले गरेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij