आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मोरङमा डेंगु रोग नियन्त्रण अभियान सुरु

  • प्रकाशित मिति : मङ्लबार, भदौ २७, २०७४



  • मोरङ, भदौ २७ । गत वर्ष डेंगु रोगबाट प्रभावित बनेको मोरङको उर्लाबारी, पथरी र शनिश्चरेमा यस वर्ष डेंगु नियन्त्रणको अभियान थालिएको छ ।

    जिल्ला जनस्वास्थ्य कार्यालयले सोमबार (हिजो) उर्लाबारी, पथरी र शनिश्चरेमा डेंगु नियन्त्रणसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम राखी नियन्त्रण अभियान सुरु गर्न लागेको हो ।

    पथरी र शनिश्चरे स्वास्थ्य चौकीको संयोजनमा पथरीमा सम्पन्न कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख चन्द्रदेव मेहताले मंगलबार (आज)देखि उर्लाबारी, पथरी र शनिश्चरेमा डेंगुरोग सार्ने लामखुट्टेको वासस्थान नष्ट गर्ने चारदिने अभियान अघि बढ्ने जानकारी दिए ।

    उनले कार्यक्रममा सहभागी विभिन्न पक्षका सरोकारवालालाई कुलर, गमला, टिन तथा प्लास्टिकका डब्बा, टायरमा पानी जम्न नदिनु नै डेंगु रोग नियन्त्रणको उपाय रहेकाले सबैलाई सचेत गराउन अनुरोध गरे ।

    कार्यक्रममा कार्यालयका प्राविधिक रिपुमर्दन डोटेलले डेंगु रोग सर्ने तथा यसको नियन्त्रणका उपायका बारेमा जानकारी गराए ।

    पथरी शनिश्चरे नगरपालिकाका प्रमुख दिलीपकुमार राईले पथरी बजार क्षेत्र लामखुट्टेजन्य रोगको जोखिम क्षेत्र भएकाले यसमा सबै पक्ष मिलेर जनचेतना जगाउन र निरन्तर सरसफाइ गर्न आवश्यक रहेको उल्लेख गरे ।

    सफा पानीमा बस्ने ‘इडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेका माध्यमबाट भाइरसका कारण उच्च ज्वरो आउने डेंगुको लक्षणका आधारमा उपचार गरिन्छ । गतवर्ष नौजनामा डेंगु देखा परेको उर्लाबारीमा यस वर्ष एकजनामा देखा परेको छ ।

    पथरीशनिश्चरेको पथरी बजारमा गत वर्ष तीनजनामा यो रोग देखा परेको थियो । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij