आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

निशानले गाउँदा हर्षले रोए पूर्वेली

  • प्रकाशित मिति : बुधबार, भदौ २८, २०७४



  • नेपाल आईडलको फाइनलमा प्रवेश गर्न सफल मोरङ उर्लाबारीका निशान भट्टराईलाई मंगलबार पूर्वाञ्चलमा भव्य स्वागत गरिएको छ।

    विराटनगर, ईटहरी, विराटचोक, पथरी, उर्लाबारीलगायत अधिकांश शहरमा पूर्वेली आईडल निशानलाई स्वागत गर्न पाउँदा हर्षित भएका थिए।

    फाईनल प्रतिश्पर्धाको पूर्वसन्ध्यामा आयोजकले पारिवारिक भेटघाटका लागि निशानलाई गृहनगर भ्रमण गराएको हो।

    विराटनगर विमानस्थलमा ओर्लिए लगत्तै हजारौ समर्थकले उनलाई स्वागत गरेका थिए।

    निशानको स्वागतका लागि विराटनगर महानगरपालिकाका नगर प्रमुख भीम पराजुलीसहित हजारौ समर्थक एयरपोर्टमै पुगेका थिए।

    ‘निशान नेपाल आईडल बन्न योग्य प्रतिभावान कलाकार भएकाले निर्धक्कसँग उनलाई भोट गर्न आग्रह गर्दछु,’ कार्यक्रममा पराजुलीले भने, ‘नेपाल आईडियलले निशानको लुकेको प्रतिभालाई उजागर गरेको छ।’

    उनले पूर्वमा यस्तो प्रतिभा रहँदा हामीले गर्व गर्नुपर्ने बताए।

    निशानले विराटनगरको कञ्चनबारी आयोजित कार्यक्रममा आफ्ना समर्थकलाई सम्बोधन गर्दै आफूलाई भोट गर्न आग्रह गरेका थिए।

    ‘मलाई यहाँहरूको साथ र सहयोग छँदैछ, अवश्व पनि नेपाल आइडियल मै हुनेछु,’उनले विश्वास व्यक्त गरे।

    पूर्वको अर्को ठूलो शहर इटहरी उपमहानगरपालिका आयोजित कार्यक्रममा उपस्थित हजारौं समर्थकलाई निशानले सम्बोधन गर्नुका साथै केही गीतहरूसमेत गाएर भोट मागेका थिए।

    कडा सुरक्षा घेरामा रहेका निशानलाई हेर्न समर्थकहरूको भीड थामिनसक्नु भएपछि प्रहरीले सामान्य बलसमेत प्रयोग गरेर निशानलाई इटहरीबाट बाहिर निकालेको थियो।

    इटहरीको कार्यक्रमपछि पूर्व लागेका निशान विराटचोक, पथरी, मंगलबारे, आईतबारेहुँदै उर्लाबारी चौकमा आएर ‘उकाली ओराली गर्दे, आँखाभरी रहर भर्दे, दुःख पिर सम्झदै म आए आफ्नै गाउँ फर्कि आए…’ बोलको गीत गाएर उपस्थित सबैलाई हर्षले रूवाएका थिए।

    उर्लावारीकै निशानलाई हेर्न आएका बुढाबुढी, युवा युवती र बालबालिकाका आँखा निशानको आवागमन र गीतसँगै रसाएका थिए।

    पहिलो गीत मै हजारौको हुटिङ पाएका निशानले दोस्रो गीत पनि आफ्नै गाउँ ठाउँसँग मिल्दो गाए। उनले ‘यो गाउँको ठिट्टो म, कान्छाऽऽऽ मेरो नाम, आउँदै जादै गर्नु है, सबलाई रामराम…’ भने पछि उर्लाबारी नै जुरूक्क उचालिएको थियो।

    निशानले यो गीत गाईरहँदा उर्लाबारीका अधिकांश पसलेहरू आफ्नो व्यवसाय बन्द गरेर चोकमा आएका थिए। अधिकांश व्यापारी, विद्यार्थी ,पेशाकर्मी कार्यक्रममा स्वस्फुर्त आएका थिए। निशान पूर्व आउने भए पछिम उर्लाबारीका केही स्कुलहरू बन्द गरेर सबै विलार्थी कार्यक्रममा आएका थिए।

    निषानले ४ वटा गीत उर्लाबारीमा गाए। ‘छोरीभन्दा आमा तरूनी, लिविस्टीक पाउडरले, लान्छ क्यार घुमाउँन, झिल्के डाईभरले…’ वोलको पुरानो लोकगीतले निशानको कार्यक्रमको माहोल थप तताएको थियो।

    वान्स मोर, वान्स मोर भन्दै निशानका फ्यानले स्टेजै उचालौला झै गरेपछि उनले अर्को आधुनिक गिए पनि गाए। निशानले गाएका सवै गीतले दर्शकको मन खिचेको थियो।

    नेपाली ढाका टोपीमा चिटिक्क सजिएर आएका निशानलाई उनका फ्यानले पहिर्‍याइदिएको माला अनि खादामा उनी स्टेजमा चढेका थिए। उनलाई उर्लाबारीमा पनि नेपाल प्रहरीले उच्च सुरक्षा दिएको थियो।

    निशानले उर्लाबारीमा आयोजित कार्यक्रममा आफूलाई फाईनलसम्म पुर्‍याउन आम नेपालीले खुलेर सहयोग गरेको बताए। ‘खासगरी उर्लाबारी नगरवासीमा म विषेश धन्यवाद दिन चाहन्छु’, उनले भने, ‘अब म नेपाल आईडलको उपाधि लिएरै उर्लावारी आउने छु यसका लागि प्लिज भोट फर मि।’

    सो कार्यक्रममा उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागोले  निशान उर्लाबारीमा जन्मेहुर्के पनि उर्लाबारीको मात्र नभई राष्ट्रको गौरव भएकोले उनको क्षमताको कदर नेपालीले गर्ने बताए। ‘दर्शकको मायाले नेपाल आईडलको ताज निशानले नै पहिरिनेमा म आशावादी छु,’ फागोले भने,‘सवै नेपालीले निशानलाई भोट गरेर वास्तविक प्रतिभाको छनोट गरौ।’

    निशानको भोलि वुधबार झापाका विभिनन् शहरमा कार्यक्रम लिएर जानेछन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij