प्रकाशित मिति : बिहिबार, भदौ २९, २०७४
निलम ओली , मोरङ । ससस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले अवैध सामान बरामद गरी भन्सार दाखिला गराएको छ ।
स.प्र.ना.नि डोगेन्द्र भट्टराईको कमाण्डमा खटिएको टोलीले भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउदै गरेको बिस्कुट ३० केजी, स्याम्पु ६ केजी, कुकरको/सिलिण्डरको सामान १७ केजी, पापड ८९ केजी, सुर्ती १६ केजी, कुर्थी ८१ पिस, साडी ५ पिस र प्लाजा ६ पिस नियन्त्रणमा लिई भन्सार दाखिला गराएको हो ।
सो सामानहरु विराटनगर भन्सार कार्यालय रानीमा बुझाईएको छ । सामानहरुको भन्सार दाखिला मुल्य रु. ४६¸३९०/- ससस्त्र प्रहरी सिमा सुरक्षा कार्यालय बिराटनगरका सि सु का पति एस पि भेष बहादुर शाहले जलजला खबरसंग बताउनुभयो ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij