आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सिंगापुरविरूद्ध नेपाललाई सुरूआती सफलता

  • प्रकाशित मिति : बिहिबार, भदौ २९, २०७४



  • मलेसियामा जारी एसीसी यू–१९ एसिया कप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सिंगापुरविरूद्ध राम्रो प्रदर्शन गरिरहेको छ।

    क्लब अमानमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले तेस्रो ओभरको दोस्रो बलमै विकेट गुमाएको छ।

    नेपालका लागि किशोर महतोले विकेट लिएका हुन्। ताजा स्थितिमा सिंगापुर ४ ओभमा १ विकेट गुमाएर ३ रनमा खेलिरहेको छ।

    सेमिफाइनलमा स्थान पक्का बनाइसकेको सिंगापुर नेपाली टोलीका लागि सबैभन्दा कठिन प्रतिद्वन्द्वी हो।

    अघिल्ला दुई खेलमा जित निकाल्दै सेमिफाइनलमा पुगिसकेको नेपाल सिंगापुरलाई पराजित गर्दै समूह बिजेता बन्न चाहन्छ। समूह ए को नेपालले पहिलो खेलमा थाइल्याण्डलाई २५५ रनले पराजित गरेको थियो । त्यस्तै दोस्रो खेलमा नेपालले भुटानलाई ९ विकेटले पराजित गरेको थियो ।

    दुई खेलमा ४ अंक जोडेको नेपाल समूहको शीर्ष स्थानमा छ । यता, सिंगापुर पनि दुई खेलमा अपराजित छ। सिंगापुरले थाइल्याण्डलाई ९२ रनले र भुटानलाई ९ विकेटले पराजित गरेको थियो। सिंगापुरको पनि ४ अंक छ तर, नेट रनरेटको आधारमा सिंगापुर नेपाल भन्दा पछि छ।

    छनोटको समूह बी मा चीन, मलेसिया, हङकङ र म्यानमार छन् । फाइनलमा पुग्ने दुई टोली एसिया कपको लागि छनोट हुनेछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij